ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन तयारी सन्तोषजनक भएको भन्दै प्रधानमन्त्रीले दिए धन्यवाद


एबीसी / संवाददाता

काठमाडौं, २७ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेर फर्किनु भएको छ । निर्वाचन आयोगको तयारीबारेमा जानकारी लिएर प्रधानमन्त्री ओली फर्किनुभएको हो । आगामी वैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका प्रमुख आयुक्त लगायतसित जानकारी लिएर फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीमा आयोग जुटेकोबारेमा पनि जानकारी गराउनु भएको थियो ।

नेकपाको विवादका विषयमा खास छलफल नभएको प्रेस सल्लाहकार थापाले बताउनुभयो । उहाँले भन्नुभयो , ‘पार्टीको अध्यक्षका हैसियतले भन्दा पनि आज प्रधानमन्त्रीको हैसियतमा आयोग आउनुभएको हो ।’ निर्वाचन आयोगको तयारीबारे जानकारी लिएपछि आयोगलाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानुन मन्त्री लीला श्रेष्ठ तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनिसगै जानुभएको थियो । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नै घोषित मितिमा दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । पहिलो चरणमा वैशाख १७ गते प्रदेश २, लुम्बिनी, कर्णाली र गण्डकीका ४० जिल्लामा र दोस्रो चरणमा २७ गते वाग्मती, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com