ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

पहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा चुनावमा गर्ने मन्त्रिपरिषद्को निर्णय


एबीसी / संवाददाता

काठमाडौं, २७ माघ ।  सरकारले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताउनुभयो । उहाँका अनुसार वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला वैशाख २७ गते कर्णाली, बागमती र प्रदेश १का ३७ जिल्लामा चुनाव गर्ने निर्णय भएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले पुस ५ गते प्रतिनिधि सभाको असंवैधानिक विघटन गर्दै नयाँ निर्वाचनमा जाने निर्णय गरेको थियो। प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। यसैबीच निर्वाचनको तयारीबारे बुझ्न प्रधानमन्त्री ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जादै हुनुहुन्छ। ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री, उपप्रधानमन्त्री र अर्थमन्त्रीसहित नेताहरू आयोग जान लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै : यस्तो छ पूजाविधी

काठमाडौं, १५  फागुन ।   पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष

समाजवादोउन्मुख अर्थतन्त्र निर्माणमा अग्रसर हुन राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं, १४ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अग्रसर भइरहेको सन्दर्भमा संविधानले परिकल्पना गरेको समाजवादोउन्मुख अर्थतन्त्र निर्माणका दिशामा लाग्न आग्रह गर्नुभएको

२३ फागुनमा संसद अधिवेशन बोलाउन सिफारिस

काठमाडौं, १४ फागुन । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन

सम्बन्धित

साउदीका युवराजको आदेशमा पत्रकार जमालको हत्या :अमेरिकी गुप्तचर

घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै : यस्तो छ पूजाविधी

समाजवादोउन्मुख अर्थतन्त्र निर्माणमा अग्रसर हुन राष्ट्रपति भण्डारीको आग्रह

२३ फागुनमा संसद अधिवेशन बोलाउन सिफारिस

गृह मन्त्रालयले गर्‍यो सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन (सूचीसहित)

प्रधानमन्त्री ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com