ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३४ खर्ब ५२ अर्ब


एबीसी / संवाददाता

काठमाडौं, २६ माघ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको छ । लगातार उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३७।४८ विन्दुले बढेर नेप्से दुई हजार ५६१।४७ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२८ ले उकालो लागेर ४६६।६० मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार रकममा समेत उच्च वृद्धि देखिएको छ । कूल २०६ कम्पनीको दुई करोड ११ हजार ५५५ कित्ता शेयर रु १० अर्ब ६१ करोड ९१ हजार ६३ हजार ८६९ बराबरको कारोवार भएको छ ।

आजको कारोवारपछि बजार पूँजीकरण बढेर साढे रु ३४ खर्ब बराबर भएको छ । नेप्सेका अनुसार रु ३४ खर्ब ५२ अर्ब ७५ करोड ८० लाख २५ हजार १२२ बराबर पुगेको छ । लगानीकर्ता बैंक, विकास बैंक र जीवन बीमा उपसमूहको शेयरमा आकर्षित भएको आजको कारोवारले देखाएको छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार ३.९६, जलविद्युत् १९.७३, निर्जीवन बीमा १३१.९२, उतपादन ७४.८९ र लघुवित्त ३१.४२ विन्दुले घटेको छ । यस्तै, बैंकिङ ६२.७२, होटल २८.८६, विकास बैंक ८६.४२, वित्त २२.६८, अन्य ९.६९, जीवन बीमा २११.३७ र सामूहिक लगानी कोष ०.१२ विन्दुले बढेको छ ।

कारोवारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ६२ करोड १३ लाख ५३ हजार १२९ बराबरको कारोवार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु ३३ करोड ७९ लाख ५६ हजार ८६३, नबिल बैंक रु ३३ करोड ४४ लाख ३४ हजार ५९७, डिप्रोक्स लघुवित्त रु ३३ करोड १२ लाख २९ हजार ९२७, ग्लोबल आइएमई बैंक रु २९ करोड ४२ लाख ३२ हजार ७७२, फस्ट माइक्रोफाइनान्स रु २७ करोड ८८ लाख ३४ हजार ७७५, नेपाल पुनरबीमा कम्पनी रु २७ करोड ३९ लाख ९५ हजार ४३३, हिमालयन डिस्टिलरी रु २२ करोड ३२ लाख ८९८ र एनआइसी एशिया बैंक रु २० करोड ४८ लाख ९७ हजार १०८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा गरिमा विकास लघुवित्त ९.९२, प्रभु बैंक ९।१७, सनराइज बैंक ८.४५, माछापुच्छ्रे बैंक ८।३९, छ्याङदी हाइड्रो ७.७३, गरिमा विकास बैंक ७, सूर्योदय लघुवित्त ६.९९, नेपाल फाइनान्स ६.६९ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ६।६१ प्रतिशतले कमाए । हिमालयन ऊर्जा विकास कम्पनी ६।७८, उन्नती सहकार्य लघुवित्त ६।३७, स्वाभिमान लघुवित्त ५।४७, सिभिल लघुवित्त ५।११, लक्षमी लघुवित्त ४।८२, स्वरोजगार लघुवित्त ४.७३, किसान लघुवित्त ४.२४, हिमाल दोलखा हाइड्रोपावर ४।१७ र मिर्मिरे माइक्रोफाइनानसका लगानीकर्ताले ४.०४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेकपाको विवाद केही दिनभित्रै निरुपण गर्छौँ : निर्वाचन आयोग

काठमाडौं, १६ फागुन । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद अबको केही दिनमै समाधान गर्ने तयारी थालेको छ । अब चुनावको तयारी गर्नु

प्रधानमन्त्री ओली आज झापा जाँदै

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै हुनुहुन्छ । जहाजबाट झापा जान लागेका ओली आइतबार झापा क्षेत्र नम्बर ५ मा

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

काठमाडौं, १५ फागुन ।  सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ ।यस्तै आज एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले

सम्बन्धित

धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल

इन्फ्रास्ट्रक्चर बैंकको सेयर किन्न चाहने छैनन, बेच्न चाहने ९ लाख पुगे

सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

पर्सामा दुई महिनाको अवधिमा २ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद

चाँदीको जलहरी मर्मतका लागि पशुपतिमा क्षमापूजा : भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण

तोलामा ८०० ले बढ्यो सुनको मूल्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com