ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

राष्ट्रिय महिला क्रिकेट कप्तान रुविनालाई अभिनन्दन


एबीसी / संवाददाता

काठमाडौं, १५ माघ । झापाको कनकाईमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका कप्तान रुविना क्षेत्रीलाई अभिनन्दन गरिएको छ । सामाजिक गतिविधिमा झापामा क्रियाशील रहेको सुरुङ्गा जेसीजले आफ्नो १२ औँ पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मान कार्यक्रमका अवसरमा जेसीजसहित स्थानीय एक दर्जन बढी सामाजिक सङ्घसंस्थाबाट क्रिकेटर क्षेत्रीलाई अभिनन्दन गरिएको हो ।

झापा जिल्लालाई कर्मथलो बनाएर खेलकूद विधाको क्रिकेटबाट देशकै नाम चिनाउन सफल भएको भन्दै क्षेत्रीलाई अभिनन्दन गरिएको बताइएको छ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारीमा रहनुभएकी रुविनालाई कनकाईमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनाल, झापा क्षेत्र नं ४ का निवर्तमान सङ्घीय सांसद एलपी साँवा लिम्बू, प्रदेशसभा सदस्य हीरा थापालगायतले अभिनन्दन गर्नुभएको हो ।

झापाको मेचीनगर–१० निवासी क्षेत्रीले खेल क्षेत्रको माध्यमबाट देश विदेशमा समेत पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानस्वरूप नौमती बाजासहित अभिनन्दन गरिएको उत्कृष्ट नागरिक छनोट समितिका संयोजक सुरुङ्गा जेसीजका पूर्वअध्यक्ष जीवन तिम्सिनाले बताउनुभएको छ ।
छनोट समितिमा तिम्सिनासहित सुरुङ्गा जेसीजका पूर्वअध्यक्षद्वय सरला पोखरेल र भीम भट्टराई सदस्य रहेको समितिले यस वर्षको सुरुङ्गा जेसीजको उत्कृष्ट नागरिकका पमा क्रिकेटर क्षेत्रीलाई अभिनन्दन गर्ने निर्णय गरेको बताइएको छ । सुरुङ्गा जेसीजबाट पाएको यो सम्मानले खेल क्षेत्रमा थप ऊर्जा मिलेको क्रिकेटर क्षेत्रीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विश्वभर कोरोना निको हुनेको संख्या ९ करोड १० लाख नाघ्यो

काठमाडौं, १९ फागुन । विश्वभर अहिलेसम्म ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् । वर्ल्डओमिटरकाअनुसार ११ करोड २२ लाखभन्दा धेरै कोरोना सङ्क्रमितमध्ये ९ करोड

प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा : यस्तो छ कारण

काठमाडौं, १८ फागुन । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली यति एयरलाइन्सको एटीआर–७२ विमानबाट पोखरा जानुभयो । त्यसक्रममा उहाँ जहाजको अन्तिम सिटमा बसेको तस्वीर भाइरल भएको

नेपाली सेनाका पूर्व प्रधानसेनापति क्षत्री र भारतीय सेनाप्रमुख नरवणेबीच भेटवार्ता

काठमाडौं, १८ फागुन । नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्रीले भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवणे र चिफ अफ डिफेन्स स्टाफ ९सुरक्षा नियकाहरुको प्रमुख० विपिन

सम्बन्धित

प्रिमियर लिगमा टोटेनह्यामको शानदार जित

युरोपा लिग : आर्सनल र म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा

प्रिमियर लिग : ब्राइटनसँगको खेलमा क्रिस्टल प्यालेस विजयी

फ्रेच्न लिग वानको शीर्ष स्थानमा उक्लियो लियोन

एपीएफ र पुलिस पोखरामा जारी टाइगर कप भलिबलको महिलातर्फको फाइनलमा प्रवेश

आजदेखि राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेल सुरु हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com