अर्घाखाँची, १० माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण अर्घाखाँचीको जनजीवन प्रभावित भएको छ ।
जनजिवन प्रभावितसँगै सन्धिखर्कको चुत्राबेसी पेट्रोल पम्प लाइनमा एउटा संकासपद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो । संकास्पद वस्तु भएको ठाउँमा सुरक्षाकर्मी पुगिसकेका छन, उक्त बस्तु के हो, नेपाली सेनाले हेरेपछि सेनाबाटै डिस्पोजल गर्ने तयारी रहेको छ उहाँले बताउनुभयो । संकास्पद बस्तु सन्धिखर्क बजारमै भेटिदा बन्दको प्रभाव बढी भएको छ ।
बन्दको पुर्ण प्रभाव अर्घाखाँचीमा
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण अर्घाखाँचीको जनजीवन प्रभावित भएको छ । विहानै देखि सञ्चालन हुने सन्धिखर्क बजारका पसलहरु पुर्ण रुपमा बन्द भएका छन ।
अर्घाखाँचीमा पनी वन्दको पुर्ण प्रभाव परेको छ । बन्दकर्ताहरु सडकमा नदेखिएकातपनि सदरमुकाम सन्धिखर्क सहित ग्रामिण भेग पनि बन्द भएको छ । सदरमुकाम तथा बुटबल, काठमाडौं छुटने लामो दुरीका गााडीहरु पनि छुटेका छैनन् । गाडि नहिडेपछि यात्रुहरु मर्कामा परेका छन ।
सधै भिडभाड हुने सन्धिखर्कको मुख्य चोक शान्ती वगैचा पनी आज बन्दको कारणले सुनसान भएको छ । बन्दका कारण एम्बुलेन्स, सुरक्षा, प्रेस, दुधका गाडिहरु आवश्यक अनुसार मात्र सञ्चालनमा आएका छन ।
प्रतिक्रिया दिनुहोस्