ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तत्काल एकता हुने स्थिती देख्दिन – अध्यक्ष प्रचण्ड


सपना थामी

काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल खेमाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली खेमाको नेकपास“ग तत्काल पार्टी एकता हुने स्थिती नभएको बताउनुभएको छ । ओली र प्रचण्ड–नेपाल दुवै खेमाका नेकपा वैधानिक रुपमा फुट नभइसकेको अवस्थामै अध्यक्ष प्रचण्डले भोलीको दिनमा पार्टी एकताको सम्भावना रहला या नरहला तर तत्काल भने पार्टी एकताको सम्भावना नरहेको दाबी गर्नुभयो ।

बुधबार काठमाडौंमा आयोजित प्रचण्ड–नेपाल समूहको सम्पादक एवम् बुद्धिजिवीहरुको एक भेलामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले गर्नुभएको संसद विघटनको निर्णय असंवैधानिक भएको भन्ने कुरा प्रचण्ड–नेपाल पक्षले भनेर मात्रै पत्रकार, नागरिक समाज र बुद्धिजिवी वर्गहरु विरोधमा नउत्रेको भन्ने प्रष्ट पार्नुभयो । उहाले बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा निर्वाचनलाई कहिल्यै पनि अस्विकार्य नहुने तर निर्वाचनले मात्रै संविधान माथीको प्रहारको क्षतिपूर्ति तिर्न नसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । संसद विघटनसगै देशमा उत्पन्न भएको राजनीतिक संकटको समाधान गर्न सबैले एकआपसमा हातेमालो गर्नुपर्ने उहाको भनाई छ ।

शाकाहारी आन्दोलन अपर्याप्त भएको भन्ने आफ्नो भनाईलाई स्पष्ट पार्दै नेकपा अध्यक्ष प्रचण्डले लोकतन्त्रमाथी यति छिट्टै प्रहार हुदा आफूहरु कहिलेकाहीं आवेग र आक्रोशमा आउने गरेको समेत बताउनुभएको छ । त्यसो त, शान्त भएर मात्रै संसद पुर्नस्थापना नहुने भन्दै संसद विघटनविरुद्धको आवाज आवेगपूर्ण हुनुपर्नेमा प्रचण्डले जोड दिदै आउनुभएको छ ।

प्रचण्ड–नेपाल खेमाका अर्का अध्यक्ष माधवकुमार नेपालले पनि नेकपाको झगडा केबल कुर्सीका लाागि मात्रै नभएको भन्ने कुरा थप स्पष्ट पार्दै लानुपर्नेमा जोड दिनुभएको छ । नेपालले सबै राजनीतिक दल र नेताहरुलाई पत्रकार, बुद्धिजिवी एवम् नागरिक समाजका अगुवाहरुले सबै उस्तै–उस्तै हुन् भन्दा आफूलाई चित्त दुख्ने गरेको बताउनुभयो । उहाले समाजमा असल मान्छे पनि छ भन्ने कुराको प्रमाणित गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रचण्ड–नेपाल समूहको पत्रकारहरुसगको उक्त अन्तरक्रियामा आगामी रणनीति, जनविश्वास एवम् प्रतिबद्धताका लागि श्वेत पत्र प्रकाशित गरिने निष्कर्श निकालिएको छ । यसका साथै देशमा घटिरहेका तत्काल विषयवस्तु र पार्टीका नियमित कार्यक्रमहरु थप प्रभावकारी बनाउदै लाने प्रचण्ड–नेपाल समूहले जनाएको छ । भेलामा प्रवक्ता नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई, किर्तिनिधि विष्ट लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com