ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

फेसबुकमा आईफोन विक्रीको विज्ञापन गरेर लाखौं ठग्ने पक्राउ


एबीसी / संवाददाता

काठमाडौं, ४ माघ । सामाजिक सञ्जाल फेसबुकमा ग्याजेट (आईफोन, घडी, मोबाइल लगायत)विक्रीको सूचना राखेर लाखौं ठगी गर्ने गिरोहको मुख्य सदस्य पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, ललितपुरको विशेष टोलीले गिरोहका नेपाल प्रमुख २८ वर्षीय अजय भनिने प्रमोद शाहलाई पक्राउ गरेको हो ।

ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार उनलाई पर्साबाट शुक्रबार पक्राउ गरिएको हो । ‘फेसबुकमा कम्युटर, मोबाइल, घडी, ल्यापटप लगायत बजार मूल्यभन्दा कम रकममा डेलिभर गराउने भनेर उनले रकम उठाउने गरेका थिए’, बज्राचार्यले भन्नुभयो , ‘विभिन्न लेयरको अनुसन्धान गर्ने क्रममा मुख्य व्यक्तिलाई समातेका हौं ।’ ललितपुर प्रहरीको आग्रहमा आइतबार पर्सास्थित प्रमोदको आईएमई सेन्टरमा पनि प्रहरीले छापा हानेको छ । पर्सा प्रहरीले चलाएको अपरेशनमा रकम पठाइएको कागजपत्रहरु बरामद गरिएको छ ।

ती कागजपत्रबाट पीडितका थप विवरण प्राप्त हुने प्रहरीको अपेक्षा छ ।शाहसँगै यसअघि उनका सहयोगी मेवालाल शाह तेलीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । उनको एटीएम कार्ड प्रयोग गरेर प्रमोदले पैसा निकाल्ने गरेका थिए ।दुवै जनाविरुद्ध ठगी सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान थालिएको छ । उनीहरुले कम्तिमा एक करोड रुपैयाँ ठगी गरेको प्रहरी आशंका छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समाजवादोउन्मुख अर्थतन्त्र निर्माणमा अग्रसर हुन राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं, १४ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अग्रसर भइरहेको सन्दर्भमा संविधानले परिकल्पना गरेको समाजवादोउन्मुख अर्थतन्त्र निर्माणका दिशामा लाग्न आग्रह गर्नुभएको

२३ फागुनमा संसद अधिवेशन बोलाउन सिफारिस

काठमाडौं, १४ फागुन । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन

पूर्वपरराष्ट्रमन्त्री पाण्डे ‘अर्डर अफ दि राइजिङ सन’ बाट सम्मानित

काठमाडौँ, १४ फागुन । जापान सरकारले पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई ‘ग्रान्ड कडन अफ दि अर्डर अफ दि राइजिङ सन्’ विभूषणले सम्मान गरेको छ । “कूटनीति र

सम्बन्धित

इन्फ्रास्ट्रक्चर बैंकको सेयर किन्न चाहने छैनन, बेच्न चाहने ९ लाख पुगे

सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

पर्सामा दुई महिनाको अवधिमा २ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद

चाँदीको जलहरी मर्मतका लागि पशुपतिमा क्षमापूजा : भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण

तोलामा ८०० ले बढ्यो सुनको मूल्य

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com