ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाम र लोकतान्त्रिक गठबन्धन बाहेकका उम्मेदवारको जमानत जफत


admin
मंसिर २९, २०७४ शुक्रबार  १ : ०६ बजे

चितवन, २९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभामा जिल्लामा उम्मेदवार बनेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बाहेकका उम्मेदवारको धरौटी जफत भएको छ । 

प्रतिनिधिसभामा जिल्लाका तीन निर्वाचन क्षेत्रमा ४२ जनाले उम्मेदवारी दिएका थिए । छ वटा प्रदेशसभाका लागि ५३ जनाको उम्मेदवारी परेकामा ३७ उम्मेदवारले १०० भन्दा कम मत ल्याएका छन् ।

चितवनमा विजयी भएका र निकटतम प्रतिद्वन्द्वी रहेका कूल १८ जना बाहेक एक हजारभन्दा बढी मत ल्याउने उम्मेदवारको संख्या चार रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ मा प्रतिनिधिसभामा १३ उम्मेदवार रहेकामा सात उम्मेदवारले १०० भन्दा कम मत ल्याएका छन् । उनीहरुमध्ये तीनजना स्वतन्त्र हुन ।

क्षेत्र नं १ प्रदेश ‘क’ र प्रदेश ‘ख’ मा १०÷१० जना उम्मेदवार थिए । प्रदेश ‘क’ मा पाँचजना र प्रदेश ‘ख’ मा तीनजना उम्मेदवारले १०० भन्दा कम मत ल्याएका छन् ।

क्षेत्र नं २ मा १५ जना उम्मेदवार रहेकामा आठजनाले १०० भन्दा कम मत ल्याएका छन् । एक सयभन्दा कम मत ल्याउनेमा तीन जना स्वतन्त्र छन् । क्षेत्र नं २ प्रदेश ‘क’ मा नौ र प्रदेश ‘ख’ मा १० जना उम्मेदवार रहेकामा ‘क’ मा तीन र ‘ख’ मा तीन जनाले एक सयभन्दा कम मत ल्याएका छन् ।

क्षेत्र नं ३ मा प्रतिनिधिसभामा १४ उम्मेदवार रहेकामाा चार स्वतन्त्रसहित पाँचजना उम्मेदवारको मत एक सयभन्दा कम आएको छ । दुई जनाले १०० मत कटाएका छन् । स्वतन्त्र उम्मेदवार हरिप्रसाद दाहालको ३५५ र प्रवेश अधिकारीको १४० मत आएको छ ।

क्षेत्र नं ३ प्रदेश ‘क’ मा १ र प्रदेश ‘ख’ मा सात सातजना उम्मेदवार चुनावी मैदानमा थिए । प्रदेश ‘क’ मा दुईजना तथा प्रदेश ‘ख’ मा एकजनाले एक सयभन्दा कम मत ल्याएका छन् ।

कूल २२ जना उम्मेदवारको मात्रै एक हजार मत कटेको छ । जसमा विजयी र निकटतम प्रतिद्वन्द्वी उम्मेदवार बाहेकका चारजना रहेको निर्वाचन कार्यालयले जनाएको छ । वाम र लोकतान्त्रिक गठबन्धन बाहिरका विवेकशील साझा र मालेका उम्मेदवारले मात्र एक हजारभन्दा बढी मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com