ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री केपी शर्मा ओली पक्षिय नेता कार्यकर्तालाई आफ्नो पार्टीमा आउन माधवकुमार नेपालको आव्हान


एबीसी / संवाददाता
पुस २९, २०७७ बुधबार  ९ : २० बजे

काठमाडौं, २९ पुस । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षिय नेता कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आव्हान गर्नुभएको छ ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला कमिटीद्धारा आयोजित कार्यकता भेलामा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टी मुल पार्टी भएकाले प्रधानमन्त्री केपी ओली पक्षका नेता कार्यकर्तालाई यसैमा गोलबद्ध हुन आग्रह गर्नुभएको हो । ओलीसँगको लडाइँ पद र प्रतिष्ठाको नभई विचार, नीति र पद्धति को भएको भन्दै उहाँले आफुहरु पार्टीमा परिपाटी स्थापित गर्न लडेको बताउनुभयो । पार्टीको बहुमत आफुहरुसँग भएको तथा ओलीलाई अनुशासनको कारबाही गरिसकेको उल्लेख गर्दै अध्यक्ष नेपालले ओलीसँग असल कार्यकता अन्त्यन्तै कम रहेको दाबी गर्नुभयो । आफ्नो पार्टीमा आउनेहरुको उचित मुल्यांकन र सम्मान गरिने उहाँको भनाई छ । उहाँले कतिपय कार्यकर्ताले पार्टीको आधिकारिकता प्रतिक्षा गरिरहेको भन्दै आधिकारिक पार्टी आफुहरु नै हुने दाबी गर्नुभयो ।

सुर्य चिन्ह आफुहरुले नेतृत्व गरेको नेकपासँगै हुने भन्दै उहाँले भ्रममा नपरी आफ्नो पार्टीमा लाग्न आव्हान गर्नुभयो । प्रधानमन्त्री ओलीको देशलाई संकटमा पुराउने चाहाना रहेको अध्यक्ष नेपालको भनाई छ । बैशाखमा निर्वाचन नहुने उहाँले बताउनुभयो । प्रतिनिधि सभा विघटनको कदम विरुद्ध अपार समर्थन पाएको भन्दै उहाँले प्रधानमन्त्री ओली सबै हिसाबले एक्लिनुभएको बताउनुभयो । आफुहरु पद प्राप्तिको लागि नभई नागरिक जिम्मेवारी र कमयुनिष्ट कर्तव्य निर्वाह गर्नको निम्ति संघर्षको मैदानमा उत्रिएको उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले डमरु बजाउँदै केन्द्रीय कमिटी सदस्य बाँडिरहेको भन्दै उहाँले ओलीको पार्टी सडकको धुलोमा परिणत हुने दाबी गर्नुभयो ।
अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले सर्वसत्तावादी र निरंकुश चरित्र देखाएको आरोप लगाउनुभयो । नेतृत्वमा पुगेपछि सबैलाई समेटेर अघि बढ्नुपर्नेमा त्यसो नगरिएको उहाँको भनाई छ । मन्त्रीहरुको अधिकार खोसेर मन्त्रीहरुको अपमान गरिएको तथा सचिवहरु मार्फत सरकार चलाउन थालेको उहाँको भनाई छ । ओलीले मदन भण्डारी फाउन्डेशन मार्फत पार्टीमा समानान्तर गतिविधि विगतदेखि नै निरन्तर चलाइरहेको र नयाँ पार्टी बनाउने अभ्यास पहिलेदेखि नै शुरु गरेको उहाँले बताउनु भयो । पार्टीलाई विधिमा चलाएर नेपाली राजनीतिको बलियो खम्बाको रुपमा पार्टीलाई स्थापित गराउँ भन्ने आफुहरुको प्रस्ताव प्रधानमन्त्री ओलीले नमानेको उहाँको भनाई छ । एकिकरणको यस अवधिमा पार्टी विचारको आधारमा नचलेको, नेता कार्यकतालाई संगठित नगराइएको उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले ओलीले पार्टी चोइट्याउन लागेको भन्दै भ्रमको पछि लागेर उता लाग्नेहरुलाई बुझाउनुपर्ने जिम्मेवारी रहेको बताउनुभयो । संगठित गराएर पार्टीलाई धारिलो र गतिशिल बनाउन उहाँले पार्टी नेता कार्यकर्तालाई ध्यानाकर्षण गराउनुभयो । साथै प्रतिनिधि सभा विघटनको विरुद्धमा दृढता साथ उभिनुपर्ने उहाँको भनाई छ । आफुहरुको संघर्षले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता लगायतका राजनीतिक उपलब्धीको रक्षा गर्न सक्नुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक योगदानको सम्बन्धमा प्रश्न पनि उठाउनुभएको छ । उहाँले ओलीलाई विध्वंसकारी मान्छे भन्दै कहिल्यै पनि बनाउने काम नगरेको टिप्पणी गर्नुभयो । झापा देखि जेल हुँदै जेलबाट निस्किएपछि पनि पार्टीमा समस्या मात्रै खडा गरेको उहाँले जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीसँग सिर्जनात्मकता नभएको र उहाँ विघटनको प्रतिकको रुपमा रहेको अध्यक्ष नेपालको भनाई छ । प्रधानमन्त्री ओलीले पार्टीमा सधै बेइमानी र जालझेल गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानमा विद्रोह गराउन असम्भव रहेको ट्रम्पको स्वीकारोक्ति

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

सम्बन्धित

इरानमा विद्रोह गराउन असम्भव रहेको ट्रम्पको स्वीकारोक्ति

एमाले अध्यक्ष ओलीका बुवाको निधनप्रति बालेनको श्रद्धाञ्जलि

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको अन्तिम बिदाइ (तस्बिरसहित)

झापामा हावाहुरी र वर्षाको वितण्डा, तीन जनाको मृत्यु

पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com