ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीका कारण लामो समयदेखिको सङ्घर्षपछि प्राप्त भएको संविधान नै धरापमा – अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
पुस २९, २०७७ बुधबार  ३ : ५२ बजे

काठमाडौं, २९ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७० वर्षभन्दा धेरै समयदेखिको सङ्घर्ष र बलिदानबाट प्राप्त भएको लोकतन्त्र धरापमा परेको बताउनुभएको छ । आफैले बनाएको प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लामो समयदेखिको सङ्घर्षपछि प्राप्त भएको संविधान नै धरापमा परेको प्रचण्डले बताउनुभयो । प्रज्ञा भवन कमलादीमा भएको काठमाडौं जिल्लास्तरीय भेलामा अध्यक्ष प्रचण्डले लोकतन्त्र र संविधानमाथि आक्रमण भएकाले त्यसको रक्षाका लागि आफूहरू सडकमा आएको बताउनुभएको हो ।

उहाँले लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेवारी आफूहरूको काँधमा आएको भन्दै देश र नागरिक सामु देखिएका सङ्कट समाधानका लागि एकजुट हुन सबैसँग आग्रह गर्नुभयो । आफ्नै आँखा अगाडि निरङ्कुश ढङ्गले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएकाले आफूले त्यसलाई हेरेर बसिरहन नसकेको प्रचण्डको भनाइ छ ।

निकै धेरै कसरतपछि मात्रै पार्टी एकताको घोषणा भएको भन्दै उहाँले पार्टी एकता हुनुभन्दा पहिले विचार र राजनीतिक कार्यदिशाका बारेमा धेरै चरणमा बहस भएको स्मरण गर्नुभयो । मदन भण्डारी र नागरिकको बहुदलीय जनवाद, माओवादी आन्दोलन र २१ औँ शताब्दीको जनवादबारे एकताअघि निकै छलफल भएको र केपी ओलीसहित आफूले हस्ताक्षर गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानमा विद्रोह गराउन असम्भव रहेको ट्रम्पको स्वीकारोक्ति

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

सम्बन्धित

इरानमा विद्रोह गराउन असम्भव रहेको ट्रम्पको स्वीकारोक्ति

एमाले अध्यक्ष ओलीका बुवाको निधनप्रति बालेनको श्रद्धाञ्जलि

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको अन्तिम बिदाइ (तस्बिरसहित)

झापामा हावाहुरी र वर्षाको वितण्डा, तीन जनाको मृत्यु

पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com