ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको व्यापार प्रवद्र्धनमा जोड दिन्छु : राजदुत डा.खतिवडा


एबीसी / संवाददाता
पुस २८, २०७७ मंगलबार  ४ : ५९ बजे

काठमाडौं, २८ पुस । अमेरिकाका लागि नेपाली राजदुत डा. युवराज खतिवडाले निजी क्षेत्रको लगानी र व्यापार सम्झौतामा आफनो पहिलो प्राथामिकता भएको बताउनु भएको छ ।

नेपाल अमेरिका चेम्बर अफ कमर्शको आयोजनामा भएको भर्चुअल अन्तक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै डा.खतिवडाले अमेरिकी सरकारसंग कुटनीतिक सम्बन्ध विस्तार गर्दै अमेरिकाका ठुला लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण बताउनु आवश्यक रहेको बताउनुभयो ।

उहाले नेपालमा अमेरिकी लगानीको प्रसस्त अवसर रहेकोले यस बिषयमा आवश्यक छलफल गरिने बताउनुभयो । अमेरिकामा नेपाली ग्रार्मेट गलौचा, कार्पेट, हस्तकलाका सामाग्री निकासी बढ्दै गएको भएपनि अझै व्यवस्थित गर्दै लौजानु पर्नेमा जोड दिनुभयो । यस्तै उहाँले अमेरिकाको पर्यटकहरुलाई नेपाल भ्रमण गराउन सक्ने हो भने पनि पर्यटन क्षेत्रलाई ठुलो सहयोग पुग्ने भन्दै यसका लागि योजनाहरु बनाउने समेत प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

एमसिसीको पारित हुने प्रक्रियाको सम्झौता अनुमोदन संसद विघटनपछि रोकिएको भएपनि यस बिषयमा अमेरिकाको लचिलो निति आवश्यक रहेको बताउनुभयो । उहाँले अमेरिकी सहयोगको ठुला परियोजना आवश्यक रहेको हुनाले बिश्वासमा वातावरण अहिले आवश्यक रहेको उहाँको भनाई थियो ।

नेपाल अमेरिका चेम्बर अफ कमर्शका अध्यक्ष किरण साखःले अमेरिकाले ७७ वटा वस्तुमा भन्सार छुट दिए यसको नेपालले खासै फाइदा उठाउन नसकेको बताउनुभयो ।

नेपाल र अमेरिका बिचमा व्यापार तथा लगानीको सम्भावना बढि भएको भएपछि उपलब्धी मुलक हुन नसकेको बताउनुभयो ।

यस्तै नबिल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले अमेरिकाको पर्यटकलाई नेपालको टप स्थानमा राखेर पर्यटन पर्वद्धनमा ध्यान दिने हो भने पयर्यटनबाट नेपालले लाभ लिन सक्ने बताउनुभयो ।

अन्तक्रिया कार्यक्रममा ग्रार्मेट एसोसियनका अध्यक्ष चण्डी प्रसाद शर्मा, पस्मीना एसोसियनका अध्यक्ष बिजय दुगडले अमेरिकामा नेपालका बस्तुहरुको प्रवद्र्धन र निकासीको जोड दिदै नेपालले लाभ लिनुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

सम्बन्धित

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com