ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

चीनको श्वेतपत्र सार्वजनिक : त्रिपक्षीय सहकार्यलाई बढावा दिने लक्ष्य


एबीसी / संवाददाता

काठमाडौं, २७ पुस । त्रिपक्षीय विकास सहकार्यलाई बढावा दिने लक्ष्यसहित चीनले अन्तर्राष्ट्रिय विकास सहकार्य सम्बन्धी श्वेतपत्र सार्वजनिक गरेको छ । आइतवार सार्वजनिक गरिएको सो पेपरमा एक अर्काको नीति, विचार, मोडललाई सम्मान गर्दै पारस्परिक सम्मान र समझदारीको आधारमा यसलाई अगाडि बढाउने उल्लेख छ । नेपालमा पनि विगत एक दशकदेखि त्रिपक्षीय सहकार्यको बहस चलेपनि त्यो अगाडि बढ्न सकेको छैन । विशेषत नेपालमा विकासका परियोजनाहरुमा नेपाल, भारत र चीनवीच त्रिपक्षीय सहकार्यको प्रस्ताव चीनले गर्दै आएको छ । तर, यसमा खासै प्रगती भएको छैन । त्रिपक्षीय सहकार्यसँग टु प्लस वान मोडल पनि चीनले सन् २०१८ मा सार्वजनिक गरेको छ । दक्षिण एसियामा यो मोडललाई आगाडि बढाउने चीनको जोड छ ।

त्रिपक्षीय सहकार्यबारे सो पेपरमा भनिएको छ, ‘त्रिपक्षीय सहकार्यको उद्देश्य सहयोग प्राप्त गर्ने मुलुकहरुलाई फाइदा दिनु हो । त्यसैले उनीहरुको सार्वभौमसत्ता र उनीहरुको आवाजलाई सम्मान गर्नुपर्छ र यसको सिद्धान्त भनेको सम्बन्धीत मुलुकले परियोजनाको प्रस्ताव गर्न पाउनुपर्छ र उनीहरुको सहमतिका साथै सम्बन्धीत मुलुकले नै नेतृत्व गर्नुपर्छ ।’ नेपालसहित दक्षिण एसियाली मुलुकमा सो मोडलमा गएमा सार्वभौमसत्तामा असर गर्ने र मुलुकहरुको निर्णय क्षमतामा असर गर्ने भनी बहस भइरहेको छ । त्रिपक्षीय सहकार्यलाई अगाडि बढाउनको लागि लगातार वार्ता, संवाद र आदान प्रदानको आवश्यकता रहेको समेत सो नीतिमा उल्लेख छ । सो ह्वाइट पेपरमा चीनले अमेरिका, बेलायत लगायतका विभिन्न मुलुकसँग त्रिपक्षीय विषयमा सहकार्य गरेको उल्लेख गरेको छ ।सो पेपरमा त्रिपक्षीय सहकार्यको विषयमा चीनले विभिन्न अन्तर्राष्ट्रिय निकाय र दातृ निकायहरुसँग कुराकानी गरिरहेको समेत उल्लेख छ ।
चीनको विकास सहकार्य सम्बन्धी ह्वाइट पेपरमा मुलुकहरुको आकार सानो वा ठूलो, धनी वा गरिव भएपनि अन्तर्राष्ट्रिय समुदायमा उनीहरु समान हुने उल्लेख छ । सो पेपरमा भनिएको छ, ‘अरु मुलुकहरुसँग विकास सहकार्य गर्दा कुनै पनि मुलुकले अन्य मुलुकले आफ्नो राष्ट्रिय अवस्था अनुकूलको विकासको बाटो तय गर्दा हस्तक्षेप गर्नु हुँदैन । त्यसैगरी आन्तरिक मामिलामा हस्तक्षेप गर्न हुँदैन तर अन्य राजनीतिक स्वार्थहरु लाद्नु हुन्न ।’
चीनले विभिन्न स्वरुपमा विकास सहकार्यको मोडल विकास गरेको समेत उल्लेख गरेको छ । दीर्घकालीन अनुभवको आधारमा उसले पहिल्याएका विकासका स्वरुपहरुमा पूर्णपरियोजना, विभिन्न वस्तु र सामाग्रीहरु, प्राविधिक सहकार्य, मानव संशाधन विकासमा सहकार्य, साउथ—साउथ सहकार्य सहयोग कोष, चिकित्सक टोली, स्वयंसेवक, आपतकालीन मानवीय सहकार्य र ऋणबाट मुक्ति रहेका छन् ।

आफ्नो विकास सहकार्यमा चीनले बेल्ट एण्ड रोड (बिआरआई) मार्फत सहकार्य गर्ने नीतिलाई उच्च प्राथमिकता दिएको छ । सो पेपर अनुसार उसले बिआरआई परियोजनामा निम्न विषयलाई प्राथमिकता दिएको छ ।
नीतिगत समन्वय : सो नीति अनुसार चीनले अन्य देशका राजनीतिज्ञ, नीति निर्माता र विज्ञहरुलाई आफ्नो देशमा बोलाएर विभिन्न कार्यक्रमहरु गर्ने र अन्य देशमा समेत विज्ञहरु पठाउने काम गरिरहेको छ । विभिन्न विषयमा द्विपक्षीय समझदारी निर्माण गर्ने लक्ष्य लिएको छ । अहिलेसम्म चीनले बिआरआईमा सहभागी मुलुकका प्रतिनिधिहरुको लागि चार हजार तालिमहरुको आयोजना गरेको छ ।

पूर्वाधार निर्माणलाई तीव्रता – यो नीति अन्तर्गत चीनले कनेक्टिभिटी पूर्वाधार निर्माणलाई विशेष जोड दिइएको छ । राजमार्ग, रेल बन्दरगाह, पुल र टेलिकम्युनिकेसनसँग सम्बन्धित पूर्वाधारमा चीनको विशेष जोड छ ।

अवरोधविनाको व्यापार – विनाकुनै अवरोध व्यापार र वाणिज्य सन्चालन चीनको बिआरआईको महत्वपूर्ण पक्ष हो । यसका लागि आवश्यक पर्ने पूर्वाधारहरुको निर्माणमा चीनले विभिन्न मुलुकमा लगानी गरिरहेको छ । सन् २०१३ देखि २०१८ सम्म व्यापार सम्बन्धी झण्डै ३०० वटा तालिमहरु चीनले सम्पन्न गरेको छ ।

वित्तीय एकीकरण – विभिन्न मुलुकहरुसँग वित्तीय एकीकरण चीनको अर्को महत्वपूर्ण प्राथमिकता हो । बिआरआईमा संलग्न मुलुकहरुलाई चीनले वित्तीय क्षमता विस्तार र अन्तर्राष्ट्रिय नेटवर्कमा एकीकृत हुनका लागि विभिन्न सहयोगहरु गरेको छ ।

जनता—जनताबिचको सम्बन्ध सुदृढ बनाउने – बिआरआईलाई अगाडि बढाउनका लागि चीनले जनता—जनता बिचको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको छ । यसका लागि उसले विभिन्न कार्यक्रमहरु समेत सन्चालन गरेको छ । यसबाहेक बिआरआई परियोजना अन्तर्गत नै चीनले सांस्कृतिक आदान प्रदान र सहकार्यलाई पनि अगाडि बढाएको छ ।

दीर्घकालीन विकास लक्ष्यलाई प्राप्तीमा योगदान

चीनले सार्वजनिक गरेको पेपरमा दीर्घकालीन विकास लक्ष्य प्राप्त गर्न चीनले विभिन्न मुलुकलाई गरेका सहयोगका क्षेत्रहरुको बारेमा समेत विस्तृतमा उल्लेख गरिएको छ । जसमा गरिवी निवारणमा सहयोग, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा सहयोग गरिएको सो पेपरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्र बेच्ने

काठमाडौँ, ७ माघ ।  कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्र बेच्न सुरु गर्ने भएको छ । कृषि कर्जा प्रवाहमा नेतृत्वदायी भूमिका पाएको बैंकले २४ अर्ब

भारतले अनुदानमा दिने कोरोना विरुद्धको खोप यो हप्ता भित्रै नेपाल आइपुग्ने

काठमाडौँ, ७ माघ । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराउने कोरोना विरुद्धको खोप यो हप्ता भित्रै नेपाल आइपुग्ने भएको छ । खोप ल्याउने बारे थप जानकारी

ओलीको भाषामा ‘राजा महाराजाको दुर्गन्ध’ आयो : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा ‘राजा महाराजाहरूको दुर्गन्ध’ आएको बताउनु

सम्बन्धित

कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्र बेच्ने

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

परीक्षण उडानका लागि हिमालय एअरलाइन्स ल्हासातर्फ

सामसङका उपाध्यक्ष छोङ योङलाईलाई दुई वर्षको जेल सजाय

पेट्रोल तथा डिजेलको मूल्य बढ्यो

तपाईंले चलाई रहेको सिमकार्ड कसको नाममा दर्ता छ ? आजै यसरी चेक गर्नुहोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com