ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

बरिष्ठ उपाध्यक्ष ढकाल सम्मानित


एबीसी / संवाददाता

काठमाडौं, २० पुस । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल बागलुङ जिल्लाका विभिन्न संघ संस्थाबाट सम्मानित हुनुभएको छ । ग्रुपका विभिन्न कम्पनीहरुले आयोजना गरेका व्यवसायीक कार्यक्रमहरूलाई सम्बोधन गर्न गृह जिल्ला बागलुङ पुगेका ढकाललाई सोहि अवसरमा त्यहाँका स्थानीय संघ संस्थाले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि सम्मान गरेका हुन् ।

बागलुङ जिल्लाकै पुरानो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयले एक कार्यक्रम आयोजना गरी स्वस्ती वाचनसहित सम्मान गरेको थियो । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको प्रमुखआतिथ्यमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष ढकालले विद्यालय समुदायसँग नजोडिँदा गुणस्तर र विद्यार्थीको शैक्षिक चरित्रमा असर परेको बताउनुभयो । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको उहाको भनाइ थियो ।

जिल्लाको गहनाका रूपमा रहेको विद्यामन्दिर माविका विद्यार्थीलाई भविष्यमा आउने हरेक चुनौतीसँग जुध्न सक्ने बनाउने र उनीहरूको शैक्षिक क्षमता बलियो बनाइदिने महान् कार्य शिक्षकहरूको हातमा रहेको धारणा राख्नुभयो । यसका लागि गुणस्तरीय शिक्षामा जोड दिँदै त्यसलाई अझ प्रभावकारी बनाउने दायित्व विद्यालयको भएको ढकालले बताउनुभयो।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्षचन्द्र ढकाललाई बैंकर्स बागलुङले सम्मान गरेको छ । कार्यक्रममा ढकालले पेशागत हकहितको पक्षमा काम गर्ने बताउनुभएको थियो । सम्मान कार्यक्रम बैंकर्स बागलुङका अध्यक्ष दीपक शर्माको अध्यक्षता, सचिव ओमप्रकाश पौडेलको सन्चालन, सदस्य सुदिप राजभण्डारीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष (वेटिङ्ग प्रेसिडेन्ट) मानिर्वाचित भएपछि उपाध्यक्ष ढकाल पहिलोपटक गृह जिल्ला बागलुङ जानु भएको थियो । उक्त अवसरमा बागलुङ आसपासमा क्रियाशील विभिन्न संघ–संस्थाहरूले सम्मान कार्यक्रमको आयोजना गरी स्थानीय क्षेत्रको आर्थिक विकासमा देखिने गरी लगानी गर्न आइएमई ग्रुपका अध्यक्ष समेत रहेका बरिष्ठ उपाध्यक्ष ढकाललाई स्थानीयहरूले अनुरोध गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेकपाका सबै सांसदलाई सत्तापक्षकै कुर्सी (यस्तो छ तयारी)

काठमाडौँ, १९ फागुन । सत्ता र सडकमा नेकपा दुई समूहमा विभाजित भए पनि आसन्न प्रतिनिधिसभा बैठकमा भने सत्तारूढ एउटै दलको बसाइमा देखिनेछन् । प्रतिनिधिसभा बैठकका लागि

नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १९ फागुन ।  नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै छ ।दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र

वामदेवको भुमिका निर्णायक : नेकपाका सांसद को कतातिर ? नेपाल पक्षमा ८७, ओली पक्षमा ८३ (नामसहित)

काठमाडौं, १९ फागुन । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गरेपछि अव सासदको अंक गणितको खेल सुरु

सम्बन्धित

दाइजो उन्मूलन गर्न पिपरा गाउँपालिकाद्वारा ७ जोडीको सामूहिक बिवाह

वामपन्थी नेता भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस मनाइँदै

दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

हाम्रो संविधानले लोकतन्त्रको सबै आयामहरुलाई समेटेको छ – सभामुख सापकोटा

अनुसन्धानमा प्रहरीले लापरवार्ही गरेको आफ्न्तको आरोप

विसं २०७८ मा तीन दशैँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com