ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत अपूर्तिमा अवरोध, प्रधानमन्त्री कार्यालयबाट आकस्मिक अनुगमन


एबीसी / संवाददाता

काठमाडौं, २० पुस । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणको भार सम्प्रेषण केन्द्रमा आकस्मिक अनुगमन गरेको छ । पछिल्लो पटक विद्युत आपुर्तिमा समस्या देखिएपछि प्रधानमन्त्री कार्यालयले आकस्मि अनुगमन गर्दै आपूर्ति सम्बन्धमा देखिएको सबैखाले समस्या तत्काल हटाउन कडा निर्देशन दिएको हो ।

काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरमा विगत केही दिनदेखि विद्युत् आपूर्तिमा समस्या सिर्जना भएको गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले शनिबार बेलुकी ६ बजेदेखि ८ बजेसम्मको पिक समयमा प्राधिकरणको स्थगलत अनुगमन गरेका हुन् । प्रधानमन्त्री कार्यालयको हेलो सरकार कक्षमा समेत बिजुलीमा देखिएको गडबडीबारे व्यापक गुनासो र उजुरी आएका थिए ।

प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलियाको नेतृत्वमा गएको अनुगमन टोलीले प्राधिकरणमा दुई घण्टासम्म बसेर समस्याबारे जानकारी लिएको थियो । प्रधानमन्त्रीका सल्लाहकार समूहले प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यसँग बिजुली अवरुद्ध हुनाका कारण र समस्याबारे जानकारी लिँदै तत्काल सबै प्रकारका समस्या समाधान गरेर उज्यालो नेपाल अभियानलाई सफल पार्न निर्देशन दिएको थियो । पछिल्ला दिनमा बिजुली आपूर्तिमा गडबढ देखिँदा सरकारमाथि नै गम्भीर प्रश्न सिर्जना हुँदै आएको छ । प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरी समस्या सिर्जना गरिरहेको आरोप पनि लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com