ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए


एबीसी / संवाददाता

काठमाडौं, १८ पुस ।  राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको हो ।

राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले एक महिनाको प्रशिक्षणपछि ती खेलाडीको छनोट गरिएको जानकारी दिनुभयो । बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा विमल घर्ति मगर, राजिव लोप्चन, विमल राना, सुमन अर्याल, अमित तामाङ, देव लिम्बू, रन्दिप पौडेल, दिपेश आले मगर, जय गुरुङ, नितिन थापा, रजत तिवारी, राजेश परियार, प्रिजन तामाङ र रेजिन सुब्बा रहेका छन् ।

लामो समय मैदान बाहिर रहेर टोलीमा स्थान बनाएका घर्ती मगर चोटका कारण बाहिरिनुभएको हो । अभ्यासका क्रममा उहाँलाई गम्भीर चोट लागेको हो । उहाँको उपचार कतारमा गरिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो । चोटबाट मुक्त भएपछि अर्याले भने टोलीमा फर्कने एन्फाले जनाएको छ ।

विश्वकप छनोट खेलका लागि एन्फाले खेलाडीलाई सातदोबाटोस्थित प्रशिक्षण केन्द्रमा बन्द प्रशिक्षणको व्यवस्था गरेको छ । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली अभ्यासमा जुटेको हो । नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीको विवाद तत्काल निरूपण गर्न आयोगलाई प्रचण्ड–माधव समूहको आग्रह

काठमाडौं, २१ फागुन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई पार्टीको विवाद तत्काल निरूपण गर्न आग्रह गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड

विदेशीले हामीलाई हमला गर्‌यो , हेप्न खोज्यो भने हाम्रो जीवन यही धर्तीमा गाडिन्छ, ‘तर झुक्ने छैनौं– महासचिव चन्द

काठमाडौं, २१ फागुन। नेकपाका महासचिव नेत्रविक्रम चन्दले (विप्लव) तीन बुँदे सहमतिपत्र कार्यान्वयनमा आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै महासचिव

नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री ओली

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ । हिंसात्मक

सम्बन्धित

प्रिमियर लिगमा टोटेनह्यामको शानदार जित

युरोपा लिग : आर्सनल र म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा

प्रिमियर लिग : ब्राइटनसँगको खेलमा क्रिस्टल प्यालेस विजयी

फ्रेच्न लिग वानको शीर्ष स्थानमा उक्लियो लियोन

एपीएफ र पुलिस पोखरामा जारी टाइगर कप भलिबलको महिलातर्फको फाइनलमा प्रवेश

आजदेखि राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेल सुरु हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com