ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

राजनीतिक दलहरूलाई आगामी वैशाखमा हुने चुनावको तयारीमा लाग्न सञ्चारमन्त्री गुरुङको आग्रह


एबीसी / संवाददाता

काठमाडौं, १७ पुस ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक दलहरूलाई आगामी वैशाखमा हुने चुनावको तयारीमा लाग्न आग्रह गर्नुभएको छ ।शुक्रबार नेपाल सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सडक आन्दोलन गर्ने राजनीतिक दलहरूलाई आगामी वैशाखमा घोषणा भएको चुनावको तयारीमा लाग्न अनुरोध गर्नुभएको हो ।

उहाँले सरकारले चुनावको तयारी गरेको, निर्वाचन आयोगले समेत निर्वाचनको तयारी गरिसकेको अवस्थामा प्रतिनिधि सभा पुनर्स्थापनाको आशा नगरि चुनावमा लाग्न अनुरोध गर्नुभयो ।मन्त्री गुरुङले प्रतिनिधि सभा विघटनपछि सरकारले गरेका कामको वैधानिकतामाथि प्रश्न उठ्ने गरेको भन्दै सरकारले गरेको काम संवैधानिक भएको दाबी गर्नुभयो । सरकारले गरेको काम नेपालको कानुनबमोजिम मान्यता प्राप्त हुने उहाँको भनाइ छ । मन्त्री गुरुङले सडकमा नेपालको संविधान र राष्ट्रपति संस्थामाथि अभद्र, अशिष्ट र अराजनीतिक नारा लागेको भन्दै त्यसले नेपालको प्रणालीप्रति नै आँच आउनेतर्फ सजग हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्ड–नेपाल पक्षले ओलीविरूद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव फिर्ता गर्ने तयारी

काठमाडौं, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले दर्ता भइसकेको अविश्वास प्रस्ताव अगाडि नबढाई नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायत दलहरूसँग छलफल गरेर

राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान

गण्डकी, १७ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताउनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको आज

म माथि शारीरिक हमला हुन सक्छ, ज्यान तलमाथि भयो भने अनौठो नमान्नु : प्रधानमन्त्री ओली

काठमाडौं, १७ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने जोखिम रहेको बताउनुभएको छ ।पोखरामा भएको अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफूले

सम्बन्धित

विसं २०७८ मा तीन दशैँ

पूर्वप्रधानमन्त्री भट्टराईलाई ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष

सोलु एफ एमको स्टुडियोमा आगलागी, १ करोड रुपैयाँ बराबरको क्षति

न्यायाधीशकी श्रीमती ब्राउनसुगरसहित पक्राउ

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री

नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com