ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना महामारीका कारण सन् २०२० विश्व अर्थतन्त्रको लागि खराब वर्ष


छवी सापकोटा

काठमाडौं, १६ पुस ।  सन् २०२० विश्व अर्थतन्त्रको लागि खराब वर्षको रुपमा रह्यो । कोभिड–१९ को कारण विकास निर्माणदेखि औद्योगिक उत्पादन ठप्प हुदा सन् २०२० भरि नै अर्थतन्त्र चलायमान हुन सकेन । कोरोना महामारीले विश्वका सबैजसो मुलुक लकडाउनबाट गु्रजिन बाध्य हुदा वर्षभरि नै अर्थतन्त्रमा नकारात्मक असर देखियो ।

आर्थिक क्षेत्रलाई हेर्ने हो भने सन् २०२० इतिहासको सबै भन्दा खराव वर्ष भन्दै केही फरक नपर्ने वर्ष भएको छ । सन् २०१९ को अन्त्य तिर चीनमा देखिएको कोभिड–१९ को कहरले सन् २०२० को अर्थतन्त्रलाई ठुलो असर ग¥यो । बिश्वका २ सय भन्दा धेरै राष्ट्र कोरोनाको कारण आर्थिक चपेटामा यस वर्ष परेका छन ।

सन् २०२० मा बिश्वभरी नै कोरोना भाइरसको क्रास र सक्रमणको कारण भएको लकलाउनले औद्योगिक उत्पादन देखि बिक्रि बितरणमा समेत ह्रास आयो । जसको कारण बिश्वभरी नै सन् २०२० मा बेरोजगारी समस्या भेग्नु प¥यो । बिश्वका ठुला मुलुक देखि साना मुलुकका धेरै नागरिकहरुले जागिर समेत गुमाउनु प¥यो । महामारीको कारण बिश्वमै स्वास्थ्य, उद्योग, पर्यटन, हवाई तथा रोजगारीका क्षेत्रलाई आर्थिक सकंटको रुपमा वर्ष २०२० गुज्रिन पुग्यो । यस्तै बिश्वको अर्थतन्त्र २००९ को बित्तिय संकट भन्दा पनि गम्भीर रहने देखिएको छ ।

सन् २०२० सुरु देखि नै कोरानाको कारण बिश्व अर्थतन्त्रमा गम्भिर असर परेको देखिन्छ । सन् २०२० मा बिश्व अर्थतन्त्र ३ दशमलव ३ प्रतिशतले बिस्तार हुने गरिएको अनुमान ३ प्रतिशतले ऋणात्मक हुने अन्तराष्ट्रिय मुद्रा कोषले गरेको छ । यस्तै सन् २०२० मा आर्थिक क्रियाकलाप बन्द हुदा पेट्रोलियम पदार्थको मुल्य समेत उल्लेख्य रुपमा घट्यो भने बरोजगारी दर पछिल्ला केही दशकयताकै उच्च । अन्तराष्ट्रिय मजदुर संगठनका अनुसार सन् २०२० मा मध्यपूर्वका राष्टबाट ८ दशमलव १ प्रतिशत कामदारले रोजगारी गुमाए । त्यसैगरी युरोपबाट ८ दशमलव ८ प्रतिशत र एसियाली र प्यासिफिक मुलकबाट ७ दशमलव २ प्रतिशत कामदारले रोजगारी गुमाएका छन । अमेरिका मात्रमा ३३ लाख जनसंख्या बेरोजगार भैसकेको अबस्था छ ।

यस्तै सन् २०२० मा कोरोनाको असर ठुलो क्षति पु¥याए पनि वर्षकै अन्तिम ताका आएर कोराना बिरुद्धको खोप बन्न सफल भएको छ । अहिले बिभिन्न देशहरुले खोपको व्यावसायिक उत्पादन गर्ने र लगाउने काम पनि शुरु भैसकेको छ । खोप निमार्णलाई तिब्रता दिदै सबैजसो देशहरुले खोप ल्याउने तयारीमा जुटेका छन । आर्थिक क्षेत्रमा सन् २०२० ले जुन क्षति पु¥याएको छ यस वर्षको अन्तिममा आएर कोरोना बिरुद्धको खोप निमार्णले आगामी वर्ष सन् २०२१का लागि सुखद सन्देश समेत दिन सफल भएको छ । यस्तै सन् २०२० को बिश्व आर्थिक उपलब्धीको रुपमा एसिया प्रसान्त क्षेत्रमा १५ देशहरु बिच बृहत् क्षेत्रिय आर्थिक समझदारी भयो । नोभेम्बरमा भएको यो सम्झौतालाई युरोपेली संघ र मोक्सिको अमेरिका ब्यापार सम्झौताको भन्दा ठुलो सझदारीको रुपमा लिने गरिन्छ । यसरी सन् २०२० बिश्व अर्थव्यवस्थामै सबैभन्दा खराब वर्षको रुपमा रहेपनि सन् २०२१ अर्थतन्त्रलाई पुनरुत्थानको सम्भावना सार्थक बनाउने सन्देश दिएर बिदा ह“ुदैछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com