ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

२०२० लाई सुनौलो वर्षको रुपमा लिएको थियो तर दियो यस्तो पीडा …….


कविराज विसी/विकास आचार्य

काठमाडौं, १६ पुस ।  भनिन्छ, विश्वव्यापी महामारी सरदर शताब्दीमा एकपटक आउँछ । सन् २०२० पनि विश्वका लागि महामारीको वर्ष बन्न पुग्यो । कोभिड–१९ को विश्वव्यापी महामारीले विश्वका २ सय १३ देशका झण्डै साढे ८ करोड मानिसलाई संक्रमित तुल्यायो भने १८ लाख व्यक्तिको ज्यान लियो । सबैजसो देशमा महिनौंसम्मको लकडाउनले लाखौंको रोजगारी प्रभावित भयो त भयो नै समग्र विश्व दोस्रो विश्वयुद्धपछिको चरम आर्थिक मन्दीमा फस्न बाध्य भयो । सन् २०२० कोरोना सक्रमणको महामारी महामारी नभएको भए बिश्वले कस्तो गति लिने थियो भन्ने विषय अनुमानकै विषय हो । तर, कोभिड–१९ ले सन् २०२० लाई घाईते बनाएर बिदा गरेको छ ।

नयाँ वर्षको सुरुवातसंगै बिश्वले सन् २०२० लाई सुनौलो वर्षको रुपमा लिएको थियो तर २०१९ को अन्त्य तिर चीनको उहानमा देखिएको सार्स कोभ २ भाइरस, जसलाई पछि विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नामाकरण ग¥यो, ले सन् २०२० लाई गतिहिन बनाइदियो । विश्वभरका मानिसहरुका लागि सन् २०२० सुखद् रहेन सकेन । कारण थियो विश्वभरिकै स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती बनेर आएको, कोरोना भाइरस संक्रमण अर्थात् कोभिड–१९ । कोरोना भाइरसले जनजीवन कष्टकर त बनायो नै, समय पनि कठिन हुँदै गयो । सधैँ एकअर्काको साथमा अंकमाल गर्दै अगाडि बढ्नु पर्छ भन्ने मानसिकता सिकेको विश्वभरका मानिसलाई पहिलो पटक सामाजिक अर्थात् भौतिक दूरी कायम गर्न सिक्नु प¥यो । त्यसो त सन २०२० को सकारात्मक पक्ष पनि छ । हामी भित्रको धैर्यता, आइपर्न सक्ने समस्याको लागि पूर्वतयारी अनि सामाजिक हुन कति जरुरी छ भनेर सिकाएर सन २०२० गएको छ । त्यसअर्थमा सन २०२० विश्वभरका मानव जातिका लागि कहिल्यै बिसर्न नसक्ने अंग्रजी महिना रह्यो ।

चीनको उहान प्रान्तबाट २०१९ डिसेम्बर अन्तिम् सातादेखि सार्स कोभ २ सँग मिल्दोजुल्दो अज्ञात भाइरसको संक्रमण सुरु भएको चिनियाँ आम–संचारमाध्यममा पढ्न, सुन्न र देख्न थालियो । यो भाइरस संक्रमणबारे कतिपय रिपोर्टहरु एकाएक आम–संचार माध्यममा आए । चिनियाँ समुन्द्रि तटमा पहिलो पटक देखिएको मानिसबाट मानिसमा सर्ने यो नौलो प्रजातिको भाईरसले मानिसको मृत्यु र सयौंमा संक्रमण भएको खबरले विश्व नै आतंकित बनायो । नोवेल कोरोना भाईरस नाम दिईएको भाइरस सम्वन्धि विश्व बजारमा आ–आफ्ना अड्कल बाजि हुन सुरु भैसकेका थियो । विश्वबजारमा सबैभन्दा धेरै पर्यटक चीनकै रहने हुदा विश्वमा नै यसले त्राहिमाम मच्चायो । डिसेम्वर अन्तिम साताबाट सुरु भएको भाइरस जनवरीबाट युरोपेली मुलुकमा र फेब्रुअरीबाट अमेरिका लगायत दक्षिण एशियाली मुलुकमा देखिन थाल्यो ।

युरोप र अमेरिकामा छोटो समयमै धेरै मानिसको ज्यान लिएको उक्त भाइरसले मार्चबाट विश्व महामारी कोभिड–१९ को संज्ञा पायो । दक्षिण एशियाली मुलुकहरु मध्ये भारतमा कोरोना भाइरसको संक्रमण तीब्ररुपमा फैलिन सुरु भएसंगै नेपालमा पनि यसले त्राश पैदा गराएको थिए । अन्तत् नेपालमा पनि मार्च महिनाको सुरुवातमा पहिलो कोरोना भाइरस संक्रमण पुष्टि भयो । त्यस पश्चात मे महिनाको शुरुवात ताका पुनः फ्रान्सबाट नेपाल आएकी अर्को व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले लगत्तै देशभर लकडाउन गर्यो । १२० दिनको लकडाउन गरिएता पनि भारत संगको खुल्ला सिमानाका कारण संक्रमण झनै तीब्र बनि नै रह्यो । अहिले नेपालमा करिब २ लाख ६० हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । जसमध्ये १८ सय भन्दा बढीले ज्यान गुमाईसकेका छन् । पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण र मृत्यु घटेको तथ्यांकले देखाएको छ । तथापी दोस्रो खतरनाक दोस्रो लहरको संभावना जिवितै छ ।

विश्वव्यापी रुपमा संक्रमण तीब्र बनेसंगै विश्वका अधिकांश देशले लकडाउन गर्न बाध्य भए जसको कारण विश्व अर्थतन्त्र ओरालो लाग्ने अबस्थामा पुग्यो । अहिलेपनि विश्वअर्थतन्त्रमा भारि मात्राको गिरावट कायमै छ । लाखौंले रोजगारि गुमाएका छन्, कति घर–बार विहिन बन्न पुगे । कोरोना भाइरसले अर्थतन्त्र मात्र नभै सामाजिक र विश्व राजनीति नै उथल–पुथल पारेको छ । हुन त यस अघि पनि सातपटकसम्म विश्वमा कोरोना भाइरस जस्तै घातक महामारीको सामना मानव जातीले व्यहोर्नु त परेको थियो । तर पनि, २१ र्औ शताव्दी त्यसमा पनि विज्ञान र आविस्कारमा चमत्कारीक फड्को मारेको अहिलेको परिबेशमा विश्वभरका मानव जाति बन्द भार दिबाल भित्र थुनिएर बस्नु परेको थियो ।

अहिले पनि विश्वबाट कोरोना निर्मुल भएको छैन् । विश्वभर करिब साढे ८ करोड मानिस अहिलेसम्म संक्रमित भैै सकेका छन् । १८ लाख बढी मानिस यसैका कारण मृत्यु भएको छ भने १ लाखभन्दा बढी मानिस गम्भीर अबस्थामा छन् । विश्वभरिका वैज्ञानिकको अथक प्रयासका बाबजुद विश्वमा अहिले खोपहरु तयार भएका छन् । अमेरिका लगायत युरोपेलि मुलकका नागरिकहरुले यसको प्रयोग गर्न थालेका छन् । तर संक्रमणको अत्यधिक चपेटामा रहेका गरीव तथा विकासशील मुलुकले आफ्ना नागरिकका लागि खोप जुटाउनु अझै पनि चुर्नौतिको विषय बनेको छ ,।

कोभिड– १९ को संक्रमण दर ११ महिनापछि विश्वभरिनै ओरालो लागेको छ । तर, विश्वभर नै पहिलो ‘वेभ’ सकिएर दोस्रो ‘वेभ’को उच्च जोखिम रहेको बताइएको छ । अहिले युरोपेलि मुलुकहरु कोरोनाको दोस्रो वेभबाट प्रताडित भइरहेका छन् । इजरायल र फ्रान्स जस्ता मुलुकहरुले क्रिसमस र नयाँ बर्षको पूर्वसन्ध्यामा पुनः देशव्यापी लकडाउन गर्दै कफ्र्यु समेत लगाउन बाध्य हुनुले दोस्रो चरणको जोखिमको गम्भीरता झल्काउँछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विश्वभर ८ करोड ९५ लाखभन्दा धेरैले जिते कोरोना

काठमाडौं, १५  फागुन । विश्वभर ८ करोड ९५ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजारभन्दा धेरै संक्रमणमुक्त

घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै : यस्तो छ पूजाविधी

काठमाडौं, १५  फागुन ।   पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष

समाजवादोउन्मुख अर्थतन्त्र निर्माणमा अग्रसर हुन राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं, १४ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अग्रसर भइरहेको सन्दर्भमा संविधानले परिकल्पना गरेको समाजवादोउन्मुख अर्थतन्त्र निर्माणका दिशामा लाग्न आग्रह गर्नुभएको

सम्बन्धित

विश्वभर ८ करोड ९५ लाखभन्दा धेरैले जिते कोरोना

साउदीका युवराजको आदेशमा पत्रकार जमालको हत्या :अमेरिकी गुप्तचर

घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै : यस्तो छ पूजाविधी

समाजवादोउन्मुख अर्थतन्त्र निर्माणमा अग्रसर हुन राष्ट्रपति भण्डारीको आग्रह

२३ फागुनमा संसद अधिवेशन बोलाउन सिफारिस

गृह मन्त्रालयले गर्‍यो सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन (सूचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com