ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतले थाल्यो कोरोना विरुद्धको नयाँ औषधिको परीक्षण


एबीसी / संवाददाता
पुस १२, २०७७ आईतबार  ७ : ४६ बजे

काठमाडौं,  १२ पुस । बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ औषधि परीक्षण सुरु भएको छ । औषधि बेलायतको यूनिभर्सिटी कलेज ९यूसीएलएच० मा परीक्षण भैरहेको हो ।

बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने औषधि विकास गरिएको र परीक्षण सुरु भएको बताएका हुन् । बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोनाभाइरस सङ्क्रमितको सम्पर्कमा आइसकेका र खोप दिन ढिलो भइसकेका मानिसमा उपयोगी हुनसक्ने दाबी गरिएको छ ।

सङ्क्रमित बिरामीलार्ई यो औषधि दिँदा कोभिडको गम्भीर बिमारी हुनबाट जोगाउन सकिने वैज्ञानिकले बताएका बेलायती पत्रिका गार्जियनले उल्लेख गरेको छ । अहिले यो औषधि अन्तिम चरणको परीक्षणमा रहेको छ । यो चरणअन्तर्गत पहिलो १० व्यक्तिलाई बेलायतमा औषधिको मात्रा दिइएको छ । यो परीक्षणमा सहभागी गराइएका प्रमुख समूहहरूमा स्वास्थ्यकर्मी, विद्यार्थी, अस्पतालमा रहेका बिरामी तथा दीर्घकालीन उपचारसेवामा रहेका आश्रितहरू रहेका स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

प्रभावकारी पाइएमा सुइमार्फत् दिइने यो औषधिले खोप लगाउन नभ्याइएका वा नहुने जोखिम वर्गका मानिसलाई उपयोगी हुनेछ । साथै यसले महामारीलाई नियन्त्रण गर्न पनि सघाउने खोप परीक्षणमा संलग्न वैज्ञानिकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

सम्बन्धित

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com