ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भलिबलकी कप्तान शाहीलाई जिताउनका समिति नै गठन


एबीसी / संवाददाता
पुस ११, २०७७ शनिबार  ४ : ३० बजे

पोखरा, ११ पुस ।  नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष ‘पल्सर स्पोर्टस अवार्ड आयोजना गर्दै आएको छ । यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएसँगै ‘पल्सर स्पोर्टस अवार्ड २०७६’ अन्तर्गत पिपल्स च्वाईस विधा तर्फ राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पनि मनोनयमा पर्नुभएको छ ।

उहासँगै उक्त विधामा स्वीमिङ्बाट गौरिका सिंह, फुटबलबाट साबित्री भण्डारी, बास्केटबालबाट सदिना श्रेष्ठ र कराँतेबाट मन्डेकाजी श्रेष्ठ मनोनयमा परेका छन् । उक्त अवार्डको घोषणा भने आगामी पुष २८ गते हुनेछ । भोटिङको आधारमा घोषणा उक्त अवार्डको उपाधि राष्ट्रिय माहिला भलिबलकी कप्तान अरुणा शाहीलाई जिताउनका लागि पोखरेलीहरु समिति नै गठन गरी अभियानमै लागि परेका छन् । पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका अध्यक्ष समेत रहेका छ्याम बहादुर थापाले अरुणा शाही जिताउ अभियान अन्तर्गत आर्थिक संकलन समिति नै गठन गरि अघि बढेको बताउनुभयो ।

उहाले गण्डकी प्रदेशको मात्रै नभई सिङ्गो नेपालकै भलिबलकी नक्षेत्र अरुणालाई जिताउन सबैलाई अपिल गर्नुभयो । उहाले भलिबल खेलका उदीयमान खेलाडीको प्रेरणा बन्ने सक्ने भएकाले अरुणालाई जिताउनपर्ने थापाको भनाई छ । थापाको आफ्नै संयोजकत्वमा ५ सदस्यीय आर्थिक संकलन समिति गठन गरेसँगै आज पहिलो दिन नै ३ लाख ८२ हजार ६ सय ५१ रुपैया संकलन भएको छ । समितिले शाहीलाई जिताउनका लागि बैदेशिक रोजगारका लागि अन्य मुलुकमा रहेको नेपालीहरु समक्ष समेत सहयोगको अपिल गर्ने योजना बनाएको छ ।

स्थायी घर म्याग्दी भई हाल पोखरा बस्नुहुने भलिबल क्षेत्रको लोकप्रिय नाम अरुणाले पाँचौ, छैटौ, सातौ र आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पोखरा देखी खेलीसक्नु भएको छ । त्यस्तै उनले १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालको तर्फबाट कास्य पदक दिलाउनु भएको छ । गत वर्ष सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा उहाकै कप्तानीमा नेपाललाई रजत पदक दिलाउनु भएको थियो भने बङ्गलादेशमा सम्पन्न सेन्ट्रल जोन प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाउनु भयो । पछिल्लो समय लोकप्रिय अरुणाले भलिबलमा प्रवेश गरेको १४ वर्ष भैसकेको स्मरण गर्दै अझै पनि आम नेपालीको साथ र सहयोगको खाँचो रहेको बताउनुभयो । विगत केही वर्ष यता राष्ट्रिय महिला भलिबलको कप्तानी सम्हाल्दै आउनुभएकी पोखरेली अरुणा शाही ‘पल्सर स्पोर्टस अवार्ड २०७६’ अन्तर्गत पिपल्स च्वाईस विधा तर्फ मनोनयमा पर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com