ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी वैधानिकता विवाद चाँडो टुंग्याइयोस् : सशरीर उपस्थित हुन तयार छौं – अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता

काठमाडौं, १० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन प्रमुख निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । माइतीघर मण्डलाबाट र्‍यालीसहित निर्वाचन आयोग पुगेर प्रचण्डले संविधान र कानूनका आधारमा आधिकारिक नेकपा आफूहरु भएको दावी गर्नुभयो । पार्टी दर्ता गर्दाको विधान, केन्द्रीय कमिटी संख्या र ती सदस्यहरुको विवरण आयोगमा भएको र त्यसैका आधारमा नेकपा र निर्वाचन चिह्न सूर्य आफूहरुको भएको उहाले बताउनुभयो । ‘पार्टी एकीकरण गर्दा बनेको ४४१ जना र पछि थपिएका चार जनामध्ये अहिले हामीसँग ३१५ जना छौं । सशरीर बोलाउनुभयो भने पनि हामी उपस्थित हुन तयार छौं’, प्रचण्डले भन्नुभयो । नेकपा विभाजन अगाडिका एक सय जनाले ११ सय बढी सदस्य संख्या पुर्‍याउँदैमा वैधानिकता नपाउने प्रचण्डले बताउनुभयो । ‘हामीसँग पार्टी विभाजन भएको अनुभव छ । विश्वास छ, आयोगले परम्परा, विधान र ऐनअनुसार निर्णय लिनेछ’, प्रचण्डले भन्नुभयो । त्यसका लागि आवश्यक समन्वय गर्न तयार रहेको बताउनुभयो । ‘दुई तिहाइ बढीको बैठक बसेर गरिएको माइन्युट बुझाएका छौं । त्यसो हुँदा वैधानिकता विवाद छिटो टुंग्याइयोस्’, प्रचण्डले भन्नुभयो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com