ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कारका घटना भयावह : चार वर्षमा ९० घटना


एबीसी / संवाददाता

काठमाडौँ, १० पुस । समाजमा बलात्कारका घटना भयावह बनेको देखिएको छ । इलाममा चार वर्ष ९२०१७–२०२०० मा ९० वटा बलात्कारका घटना भएको देखिन्छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०का अनुसार सन् २०१७ मा ३२, ०१८ मा २३, ०१९ मा २१ र ०२० मा १४ बलात्कारका घटना भएका थिए । यस्तै सन् २०१६ मा ११, २०१५ मा २१ र २०१४ मा ११ बलात्कारका घटना भएका थिए । यसमध्ये बलात्कारमा पर्नेमा बालिका बढी देखिन्छ ।

इन्सेकका अनुसार सन् २०१७ मा बलात्कारका ३२ घटनामा २२ बालिका र १० महिला, सन् ०१८ मा बलात्कारका २३ घटनामा १५ बालिका र आठ महिला तथा सन् ०१९ मा बलात्कारका २१ घटनामा बालिकाको सङ्ख्या १३ र महिलाको सङख्या आठ थियो । पछिल्लो चार वर्षमा आत्महत्याका २६५, बलात्कारका ९०, घरेलु हिंसा ८५, बहुविवाह १७, हत्या १५, मानव बेचबिखन आठ, बलात्कारपछि हत्या तीन, जातीय विभेद र कुटपिट दुई÷दुई र बालविवाह भएको इन्सेकको तथ्याङ्कले देखाउँछ ।

यस वर्ष सबैभन्दा अन्य घटनाका तुलनामा आत्महत्याको घटना बढी भएको छ । यस वर्ष ११४ वटा आत्महत्याका घटना देखिएको इन्सेक इलामका प्रतिनिधि कोकिला ढकालले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका महिला र बालिका बलात्कारको शिकार हुने गरेको प्रतिनिधि ढकालले जानकारी दिनुभयो । आर्थिक सङ्कट टार्नका लागि काम गर्नुपर्ने बाध्यता हुनाले बलात्कारमा पर्न सक्ने जोखिम रहेको उहाँले बताउनुभयो । परपुरुषसँग मात्र नभई अभिभावकबाट बलात्कृत हुने क्रम बढेको बताइएको छ । हिंसाका घटना घरभित्रैबाट शुरु हुने र तिनै घटना बलात्कारसम्म पुग्ने गरेको मानवअधिकारकर्मीको भनाइ छ ।

घटना ढाकछोप गर्न मिलापत्र गर्नेदेखि पीडितलाई मार्नेसम्मका जघन्य अपराधका घटनासमेत बढेकाले यसबाट बच्न सचेतनाका कार्यक्रम ल्याउन आग्रह गरिएको छ । यता जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख नवीनराज राईले महिला बढी प्रभावित भएकाले न्यूनीकरणका लागि विभिन्न तालीमका कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । मानवअधिकार उल्लङ्घनका घटना बढेकाले महिलालाई उत्प्रेरणा दिने कार्यक्रम ल्याइएको राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com