ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०१७ सालजस्तै वा त्यही प्रकृतिको षड्यन्त्रको नाटक मञ्चन हुँदै छ – अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता

काठमाडौं, ९ पुस । नेपाल कम्युनिस्ट पार्टीभित्र के भइरहेको छ, सबैसामु स्पष्ट नै छ । जसले जे दाबी गरे पनि आधिकारिक नेकपा हामी नै हौँ । केपी ओलीले नेतृत्व गरेको त गुट हो, पार्टी होइन । त्यो अवैधानिक छ ।

आजको हाम्रो बैठकमा रामबहादुर थापा ‘बादल’ र वामदेव गौतमलाई पनि बोलाएका थियौँ । वामदेवजीले तयारी नपुगेको जनाउनुभयो । बादललाई ल्याउन सकेनौँ । उहाँको कुरा अझै अस्पष्ट नै छ । तर, पम्फा भुसाल र सुरेश सुवेदी ‘पथिक’ हामीतिर आउनुभएको छ । उहाँहरू कमरेड बादलको साथमा हुनुहुन्थ्यो । र, यसरी हामीलाई विश्वास गरेर अरु कमरेडहरू पनि आउनुहुनेछ, यो संख्या बढ्दै जानेछ । किनकि, फेरि पनि हामी नै आधिकारिक नेकपा हौँ ।

कानुन र राजनीतिक रूपमा पनि हामी आधिकारिक छौँ । यो क्रान्तिको झण्डा बोक्ने र क्रान्ति छाड्नेहरूबीचको लडाइँ हो । पछिल्लो घटनाक्रमका पछाडि ठूलो ग्राण्ड डिजाइन छ ।

यो बाहिर देखिएजस्तो सामान्य घटनाक्रम होइन, यो ठूलो षड्यन्त्रको डिजाइन हो । २०१७ सालजस्तै वा त्यही प्रकृतिको षड्यन्त्रको नाटक मञ्चन हुँदै छ । प्राप्त उपलब्धिको रक्षाका लागि संघर्ष आवश्यक देखिएको छ । भू(राजनीतिक रूपमा नेपाल महत्त्वपूर्ण स्थानमा छ । कम्युनिस्ट आन्दोलनका उपलब्धि अपहरण गर्ने ग्राण्ड डिजाइनअन्तर्गत अहिलेको घटना भयो । ठूलो बेइमानी, जालझेल र षड्यन्त्र भएको छ । पाँच मिनेट कुर्नुस्, पार्टी बचाउने विकल्प लिएर आउँदै छु भन्दा पनि ओलीले संसद् विघटन गरे । त्यो कदम सामान्य छैन ।

फेरि जेल जान तयार हुनुपर्ने अवस्थामा हामी यो बैठक बस्दै छौँ । कमरेडहरूलाई कति डर लागेको छ, मलाई थाहा छैन तर हामी सबै अवस्थाका लागि तयार रहनुपर्छ । संविधान र लोकतन्त्रलाई अपहरण हुनबाट जोगाउनै पर्छ । एक पटक फेरि ठूलो योगदान र बलिदानका लागि तयार रहनुपर्छ ।कुनै पनि षड्यन्त्र हामीलाई मान्य छैन । कमरेडहरू, आवश्यक परे जुनसुकै बेला सडकमा आउनुपर्ने हुन सक्छ । हामी कोही अब पार्टीगत राजनीतिबाट टाढा जाने छैनौँ, युद्धमा जाने छैनौँ । हामी यही संसदीय राजनीतिमै छौँ ।

(बिहीबार आफूनिकट केन्द्रीय सदस्यहरूलाई प्रचण्डले गरेको सम्बोधन )

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com