ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

नेकपा प्रचण्ड–नेपाल समूहले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम


एबीसी / संवाददाता

काठमाडौँ, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को (प्रचण्ड–नेपाल) समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बिहीबार बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकले संसद् विघटनको विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रस्ताव पारित गरेको हो । बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आन्दोलन समिति गठन गरेको हो । काठमाडौंमा भोलिदेखि नै दैनिक रुपमा कुनै न कुनै प्रकारको विरोध गर्ने यो समूहको निर्णय छ । देशव्यापी प्रदर्शन भने १४ गते हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिनुभयो । यसपछि अझ सशक्त उच्चस्तरीय कार्यक्रम घोषणा गरिने र प्रवक्ता श्रेष्ठले भन्नुभयो । आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५०१ सदस्यीय जनआन्दोलन परिचालन समिति बनेको छ । यसको सचिवालय पनि बनाइनेछ । बैठकले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायतको पदपूर्ति गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको छ । नेकपाको प्रचण्ड–नेपाल समूहको बिहीबार बसेको स्थायी कमिटी बैठकले शुक्रबार सबै केन्द्रीय सदस्यसहित निर्वाचन आयोग र सर्वोच्च अदालत जाने निर्णय गरेको छ । शुक्रबार बिहान १० बजे सर्वोच्च र दिउँसो १२ बजे आयोग जाने निर्णय भएको हो । आफूहरू आधिकारिक रहेको दाबी गर्न आयोग र संसद् जीवित छ भनेर देखाउन सर्वोच्च जाने निर्णय भएको स्थायी कमिटीका एक सदस्यले बताउनुभयो । स्थायी कमिटीलगत्तै उक्त समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

नेकपा केन्द्रिय समतिका निर्णयहरू
-१० गते ९:३० बजे सबै केन्द्रिय सदस्य, सासंदहरू लगयत माईतिघर मण्डलामा जम्मा भएर १२ बजे निर्बाचन आयोगमा जाने । दिउसो २:०० बजे पत्रकार सम्मेलन ।
– १ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने ।
-१४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने ।
– १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने ।
-१४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्द आन्दोलन ।
– २० गतेभित्र नगर/गाउॅपालिकासम्म बैठक, भेला गर्ने ।
– २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने ।
– काठमाडौ लगायतका शहरहरूमा प्रतिगमनकाविरूद्द दैनिक आन्दोलन गर्ने ।
– क. नारायणकाजि श्रेष्ठको नेतृत्वमा २५०१ प्रतिगमनकाविरूद्द सघर्ष समिति गठन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वन्यजन्तुका हकको संरक्षण जरुरी : प्रधानमन्त्री ओली

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीमा मानव, वन्यजन्तु र वनस्पतिबीचको अन्तरसम्बन्ध रहेको बताउँदै मानव समुदायले सबैका हकको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

नेकपाबारे यथाशीघ्र निर्णय देऊ – पूर्वप्रमुख आयुक्त

काठमाडौं, १९ फागुन । पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले नेकपाको विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति पूर्वउपकुलपतिहरूको आपत्ति

काठमाडौं, १९ फागुन ।  प्रधानमन्त्री केपी ओलीलाई प्राज्ञिक मर्यादाको पालना गर्न पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन् । पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी,

सम्बन्धित

वन्यजन्तुका हकको संरक्षण जरुरी : प्रधानमन्त्री ओली

नेकपाबारे यथाशीघ्र निर्णय देऊ – पूर्वप्रमुख आयुक्त

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति पूर्वउपकुलपतिहरूको आपत्ति

प्रधानमन्त्री ओली चिडियाखाना अवलोकन (फोटोफिचर)

सरकार र विप्लव समूहबीच एकैदिन दुई चरणको वार्ता : दुवै पक्ष सकारात्मक

दलभन्दा विधिलाई प्राथमिकता राखी नेकपाको विवाद टुंगो लगाउनु पर्छ – आयुक्त उप्रेती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com