ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा ओली समूहको प्रदेशगत भेला र प्रशिक्षण, तोकिए मुख्य वक्ता (को कहाँ नामसहित)


एबीसी / संवाददाता
पुस ८, २०७७ बुधबार  ८ : ५५ बजे

काठमाडौं, ८ पुस । केन्द्रीय कमिटीको विस्तारसँगै प्रधानमन्त्री केपी शर्मा ओली समूहले पछिल्लो राजनीतिक घटना र साङ्गठनिक स्थितिबारे प्रदेशगत प्रशिक्षण सुरु गरेको छ । पार्टीले मंगलबारदेखि काठमाडौँमा वाग्मती प्रदेश कमिटीको दुईदिने प्रशिक्षणमूलक भेला सुरु गरेको हो ।

भेलामा पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुख्य वक्ताका रुपमा सम्बोधन गर्नुभएको थियो । अन्य प्रदेशमा पनि दुई दिनभित्र प्रशिक्षण सकाउन केन्द्रीय वक्ता र समन्वयकर्ता तोकिएको पार्टीका केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

प्रदेशगत प्रशिक्षण कार्यक्रमका लागि

१.सुदूरपश्चिम प्रदेश- लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे ।
२. कर्णाली प्रदेश- शंकर पाेखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।
३. लुम्बिनी प्रदेश- विष्णुप्रसाद पाैडेल, शंकर पाेखरेल, मणिचन्द्र थापा र गाेमा देवकाेटा ।
४. गण्डकी प्रदेश- टाेपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पाैडेल ।
५. वागमती प्रदेश- ईश्वर पाेखरेल, टाेपबहादुर रायमाझी र पद्मा अर्याल ।
६. प्रदेश नं २. – ईश्वर पाेखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महताे ।
७. प्रदेश नं. १.- सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फे ।

भेलाको संयोजनका लागि प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै स्थायी समिति सदस्य र केन्द्रीय कमिटीमा रहेका नेताहरुलाई जिम्मेवारी दिएको छ । ओली समूहको हिजो (मंगलवार) भएको केन्द्रीय समिति बैठकले आगामी मंसिर २ देखि ८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसका लागि महाधिवेशन आयोजक समिति गठन गरिएको छ । जसमा पार्टीको साविक केन्द्रीय समितिमा रहेका ४ सय ४७ जना, नयाँ थपिएका ५ सय ५६ जना र पछि थपिने १ सय ९६ जनागरी १ हजार १ सय ९९ सदस्य रहेका छन् । बैठकले सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सम्बन्धित

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com