ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने पेलेको रेकर्ड तोडियो, मेस्सीको ६४४ गोल पूरा


एबीसी / संवाददाता
पुस ८, २०७७ बुधबार  ८ : ३२ बजे

काठमाडौं, ८ पुस । यसअघि एकै क्लबका लागि सर्वाधिक गोल गरेर रेकर्ड कायम गरेका फुटबल खेलाडी पेलेको रेकर्ड तोडिएको छ । लियोनल मेस्सीले बार्सिलोनाका लागि ६ सय ४४ गोल पूरा गरेसँगै एउटै क्लबका लागि सबैभन्दा धेरै गोल गर्ने ब्राजिलका खेलाडी पेलेको कीर्तिमान तोडिएको हो ।

गएराति स्पेनिस ला लिगा अन्तर्गत रियल भालाडोलिडसँगको खेलमा १ गोल गरेसँगै मेस्सीले पेलेको कीर्तिमान तोडेका हुन् । बार्सिलोनाले भालाडोलिडलाई ३–० गोलले पराजित गरेको छ । बार्सिलोनाका लागि क्लेमेन्ट लेङलेट, मार्टिन ब्रेथवेइट र मेस्सीले १–१ गोल गरेका हुन् ।

पेलेले ब्राजिलको सान्तोषबाट १९ सिजन खेल्दा ६४३ गोल गरेका थिए । मेस्सीले बार्सिलोनाको सिनियर टिमबाट १६ सिजनमै यो उपलब्धी हासिल गरेका हुन् । यसबीचमा उनले बार्सिलोनालाई १० पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका छन् ।

जितपछि १४ खेलबाट २४ अंकसहित बार्सिलोना तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । यस्तै गएराति भएको अर्को खेलमा एट्लेटिको मड्रिडले तेस्रो स्थानमा रहेको रियल सोसिडाडलाई २–० ले पराजित गरी शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री शाहलाई निर्वासित तिब्बत सरकारको बधाई

ट्रम्पविरुद्ध अमेरिकाभरि प्रदर्शन : “नो किंग्स” आन्दोलनको तेस्रो चरण (फोटो फिचरसहित)

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com