ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

बेलायतबाट नेपाल आउन प्रतिबन्ध (पत्रसहित)


एबीसी / संवाददाता

काठमाडौं, ७ पुस । सरकारले बेलायतबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट आउने कुनै पनि यात्रु नल्याउन एअरलाइन्सहरूलाई निर्देशन दिएको हो ।बेलायतबाट वा कुनै पनि ट्रान्जिट भएर आउने यात्रु नबोक्न प्राधिकरणले निर्देशन दिएको छ ।

यो निर्णय बुधबार बेलुकादेखि लागू हुनेछ ।बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि विश्वका झण्डै ५० वटा देशले बेलायतसँगको उडान रद्द गरेर यात्रा प्रतिबन्ध लगाइसकेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईँले बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी सङ्क्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताउनुभयो । युरोपियन युनियनले बेलायतसँग सिधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको उहाँले बताउनुभयो ।

बैठकले पुस १ गतेयता नेपाल आएकाहरूले अनिवार्य रूपमा ७ दिन क्वरेण्टीनमा बसेर जाँच गरेपछि मात्र घररगन्तव्य जान पनि अनुरोध गरेको छ । यस्तै आज नेपाल आउन ट्रान्जिटमा रहनेले अनिवार्य रूपमा १० दिन होटल क्वरेण्टीनमा बसि परीक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विश्वभर कोरोना निको हुनेको संख्या ९ करोड १० लाख नाघ्यो

काठमाडौं, १९ फागुन । विश्वभर अहिलेसम्म ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् । वर्ल्डओमिटरकाअनुसार ११ करोड २२ लाखभन्दा धेरै कोरोना सङ्क्रमितमध्ये ९ करोड

प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा : यस्तो छ कारण

काठमाडौं, १८ फागुन । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली यति एयरलाइन्सको एटीआर–७२ विमानबाट पोखरा जानुभयो । त्यसक्रममा उहाँ जहाजको अन्तिम सिटमा बसेको तस्वीर भाइरल भएको

नेपाली सेनाका पूर्व प्रधानसेनापति क्षत्री र भारतीय सेनाप्रमुख नरवणेबीच भेटवार्ता

काठमाडौं, १८ फागुन । नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्रीले भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवणे र चिफ अफ डिफेन्स स्टाफ ९सुरक्षा नियकाहरुको प्रमुख० विपिन

सम्बन्धित

विश्वभर कोरोना निको हुनेको संख्या ९ करोड १० लाख नाघ्यो

प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा : यस्तो छ कारण

नेपाली सेनाका पूर्व प्रधानसेनापति क्षत्री र भारतीय सेनाप्रमुख नरवणेबीच भेटवार्ता

विप्लब नेतृत्वको विद्रोही समुह संग वार्ता गर्ने विषयलाई प्रचारबाजीको रुपमा प्रयोग नगर्न सरकारलाई आग्रह

आगलागीबाट ताप्लेजुङको दोभानमा करिब तीन दर्जन घर जले, आगो नियन्त्रणतर्फ

ताप्लेजुङका आगलागी पीडितलाई राहत र पुनर्स्थापनाको व्यवस्था मिलाउन राष्ट्रपतिको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com