ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सम्पन्न : अध्यक्षमा नेपाल चयन


एबीसी / संवाददाता

काठमाडौं, ७ पुस । प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी आचरण र संविधान विपरित काम गरेको भन्दै अध्यक्षबाट हटाउने निर्णय गरेसगै खाली रहेको पदमा नेपाललाई अध्यक्ष बनाइएको केन्द्रीय सदस्यले हिमाल शर्मा जानकारी दिनुभयो ।

बैठकले पुस ५ गते भएको संसद विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी र स्वच्छेचारी ठहर्दै भत्र्सना गरेको छ । साथै बैठकले अबिलम्ब संसदको कार्य सञ्चालन गर्न तथा  निर्णयको विरुद्धमा संघर्ष गर्ने घोषणा पनि गरेको छ ।

बैठकले स्थायी समितिमा रिक्त रहेको स्थानमा कृष्ण बहादुर महरालाई नियुक्त गर्ने स्थायी समितिको बैठकको निर्णयलाई सर्वसम्मति अनुमोदन पनि गरेको छ । बैठकमा पार्टीको आन्तरिक समस्या र समाधानका बारेमा स्थायी कमिटीका बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट प्रस्तुत प्रस्तावहरु अध्ययनका लागि केन्द्रीय सदस्यहरुलाई वितरण गरिएको छ । त्यसैगरी बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले पार्टीको आन्तरिक जीवन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।

अध्यक्ष प्रचण्डले पार्टी भनेको विचार र विधि भएको स्पष्ट पार्दै पार्टी एकताको मर्म अनुसार आधिकारीक प्रतिनिधित्व रहेकाले वास्तविक प्रतिनिधित्व तर्फ एकिकृत हुन आव्हान गर्नुभयो । अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिका बारेमा पुरा गर्नुपर्ने कार्यबारे पनि सदस्यहरुलाई दिशानिर्देश गर्नुभएको पार्टी प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

त्यस्तै नेकपाका बरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता र कम्युनिष्ट आन्दोलन बारे स्पष्ट पार्दै भ्रममा परेका सबैलाई एकीकृत पार्टीको पक्षमा उभिन आव्हान गर्नुभयो ।  यस समुहको अर्को केन्द्रीय समिति बैठक विहिबार बिहान साढे ११ बजेका लागि बोलाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले फेरि थप्यो कोरोनाबाट ज्यान गुमाउने ८२ जनाको विवरण, मृतकको संख्या २ हजार ७६७ पुग्यो

काठमाडौं, १३ फागुन । सरकारले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका ८२ जनाको विवरण थप गरेको छ । बुधवार ६ सय १८ जनाको विवरण थपेको

नेकपा नफुटेसम्म सत्ता समीकरणमा प्रवेश नगर्ने काँग्रेसको निर्णय

काठमाडौं, १३ फागुन । नेपाली काँग्रेसले सत्ता समीकरणबारे छलफल गर्ने समय आइनसकेको निस्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकले

राष्ट्रपतिद्वारा हेमबहादुर मल्ल सम्मान प्रदान

काठमाडौं, १३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७५ को हेमबहादुर मल्ल सम्मान वरिष्ठ छातीरोग विशेषज्ञ डा गौरीशङ्करलाल दासलाई प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन

सम्बन्धित

सरकारले फेरि थप्यो कोरोनाबाट ज्यान गुमाउने ८२ जनाको विवरण, मृतकको संख्या २ हजार ७६७ पुग्यो

नेकपा नफुटेसम्म सत्ता समीकरणमा प्रवेश नगर्ने काँग्रेसको निर्णय

विवाहपछिको जीवन : “मलाई उहाँले यसरी दौरा सुरुवाल लगाउन पाउनु होला जस्तो लागेको थिएन”

सत्ता साझेदारीबारे प्रचण्ड -नेपाल समूह र जसपाका नेताहरुबीच छलफल

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघ्यो : भारतमा दोस्रो चरणको खोप अभियान मार्च १ देखि

नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला उपाध्यक्ष गौतम विहानै खुमलटार पुगेर यस्तो गरे प्रस्ताव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com