ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि मन्त्रालय र घरकी कान्छी बुहारी उस्तै हो – मन्त्री भुसाल


एबीसी / संवाददाता

काठमाडौँ, २२ मंसिर । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले नेपालको कृर्षि क्षेत्रमा आफुले उल्लेख्य काम गरेपनि त्यसको नतिजा तत्काल नदेखिएको बताउनु भएको छ ।

अर्घाखाची सिमेन्ट उद्योग प्रालिको सहयोगमा रुपन्देहीको सियारी गाउँपालिका–२ मा निर्माण गर्न लागेको स्वास्थ्य केन्द्र भवनको शिलान्यास गर्दै मन्त्री भुसालले विगतको कृर्षि नीतिभन्दा भिन्न तरिकाले काम गरेका कारण यसको नतिजा देखिन समय लाग्ने बताउनु भएको हो । ‘पुरानो घरलाई तोडेर नयाँ घर बनाउने क्रममा केही सरसमानहरु यताउता छुट्न सक्छन्, यो क्रममा केही कमजोरी पनि हुन सक्छन्’, मन्त्री भुषालले भन्नुभयो , ‘अब केही वर्ष पर्खिनुहोस् सबैले देखिने गरि रिजल्ट आउछ ।’

मन्त्रालयले अहिले कृर्षि उत्पादनलाई भण्डारण गर्न सहज होस् भन्ने हिसाबले प्रत्येक पालिकामा गोदाम निर्माणको तयारी भइरहेको बताउनुभयो । ‘अहिले कृषिकै कार्यक्रममा पौने ५ अर्ब बजेट पालिकामा पठाएका छौँ,’ उहाले भन्नुभयो , ‘एक महिनाभित्र प्रत्येक पालिकामा भन्डारण गर्न मिल्ने गरि गोदाम बनाउन थप १ अर्ब पठाउने तयारी गरेका छौँ ।’

कृर्षि मन्त्रालय अन्य मन्त्रालयजस्तो काम गरेको तत्काल देखिने मन्त्रालय नभएको भन्दै उहाँले कृर्षि मन्त्रालयलाई एउटा घरकी कान्छी बुहारीसँग तुलना गर्नुभयो ‘एउटी घरकी कान्छी बुहारीले घरका ससाना जति काम गरे पनि देखिँदैन हो, त्यस्तै यो मन्त्रालय पनि भएको छ ।’ उहाले भन्नुभयो ।

कृषिको विकासको लागि अहिले ३ वर्षको रणनीति तयार भएको बताउनुभयो । सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले उद्योगले स्थानीय स्तरमा विभिन्न सहयोग गर्दै आएको बताउनुभयो । स्वास्थ्य केन्द्र निमार्णका लागि अर्घाखाँची सिमेन्ट उद्योगले करिब एक करोड खर्च गर्न लागेको प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिनुभयो । ‘हामीले विगद केही वर्ष देखिनै स्वास्थ्य क्षेत्रमा लगानी गर्न चाहेका थियौँ । अहिले आएर अवसर पाएका छौँ’ उहाले भन्नुभयो ।
यो भवन यसै आर्थिक वर्षभित्र निमार्ण सम्पन्न गरेर हस्तान्तरण गर्ने अग्रवालले बताउनुभयो । ‘ए ग्रेड’को स्वास्थ्य चौकी निमार्णका लागि हामीले सहयोग गरेका छौँ । पछि यसलाई स्तरउन्नति गर्ने भए पनि उद्योगले थप सहयोग गर्ने छौँ ।’ उहाले भन्नुभयो । उद्योगका जिएम उद्वव कार्कीले उद्योगको सामाजिक उतरदायित्वअन्तर्गत यस्तो काम हरेक वर्ष हुने गरेको बताउँदै स्वास्थ्य क्षेत्रमा भने यो पहिलो भएको बताउनुभयो । गाउँपालिकाको विकासमा निजी क्षेत्रको सहयोग उल्लेख्य रहेको पालिका उपाध्यक्ष अमृता गुरुडले बताउनुभयो । मुलुकको विकास निजी क्षेत्रको उल्लेखनीय भूमिका रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com