ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्रीको संसदीय निर्वाचन क्षेत्रको बजेट सबै स्वास्थ्य क्षेत्रमा विनियोजित


एबीसी / संवाददाता
मंसिर १४, २०७७ आईतबार  ७ : ३८ बजे

काठमाडौं, १४ मंसिर ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संसदीय निर्वाचन क्षेत्र रुपन्देही क्षेत्र नं २ का लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको सम्पूर्ण बजेट यस वर्ष स्वास्थ्य क्षेत्रका लागि विनियोजन गरिएको छ । नेपाल सरकारले प्रत्येक सङ्घीय निर्वाचन क्षेत्रका लागि विनियोजन गर्ने बजेटमध्ये सांसद पौडेलले यस वर्ष आफ्नो क्षेत्रमा स्वास्थ्यमा खर्च गर्नुहुने छ ।

अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य पौडेलले आफ्नो संयोजकत्वमा बसेको कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशक समितिको बैठकले रुपन्देही निर्वाचन क्षेत्र नं २ का चार योजनाका लागि रु चार करोड विनियोजन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । सांसद पौडेलले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रुपन्देही क्षेत्र नं २ मा अघिल्लो आर्थिक वर्ष सम्पूर्ण बजेट शिक्षा क्षेत्रको पूर्वाधार विकासका लागि विनियोजन गर्नुभएको थियो ।

चालु आवमा विनियोजित बजेटमध्ये बुटवल उपमहानगरपालिका –१२ को शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यक्रमका लागि रु एक करोड ५० लाख विनियोजन गरिएको छ ।
त्यसैगरी तिलोत्तमा नगरपालिकाको शङ्करनगर स्वास्थ्यचौकीमा पूर्वाधार निर्माण एवं सुदृढीकरणका लागि रु एक करोड र सैनामैना नगरपालिकाको पदमपाणि योग तथा प्राकृतिक चिकित्सा केन्द्रको सुदृढीकरण कार्यक्रमका लागि रु एक करोड विनियोजन गरिएको छ ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसंँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापना र सञ्चालनका लागि कार्यक्रमअन्तर्गत रु ५० लाख छुट्याइएको छ ।

अर्थमन्त्री पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको बजेट स्वास्थ्य क्षेत्रको विकासमा विनियोजन गर्नाले निकै सकारात्मक सन्देश दिने उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य जस्तो जनताले अत्यावश्यक सेवा लिने क्षेत्रको विकासमा बजेट विनियोजन गर्नाले स्थानीय तहलाई स्वास्थ्य क्षेत्रको विकासमा थप प्रभावकारी बनाउने बताउनुभयो ।

यस्तै तिलोत्तमाका प्रमुख वासुदेव घिमिरे यसरी एकमुष्ट बजेट विनियोजन हुँदा कामको परिणाण राम्रो आउने बताउनुहुन्छ । उहाँले कोभिडको महामारीका बेला स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन भएको र यसलाई आफूहरुले सघन उपचार कक्ष सञ्चालन र स्तरीय खोप केन्द्र स्थापना गर्न प्रयोग गर्ने र जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com