ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिकटक भिडियोका लागि स्टण्ट देखाउँदा प्याराग्लाइडिङ दुर्घटनाको जोखिम बढ्यो


एबीसी / संवाददाता

काठमाडौं, १२ मंसिर । सराङकोटबाट प्याराग्लाइडिङमार्फत् चराझैं उडेर फेवातालमाथि पामे साइडमा झर्न कसलाई मन लाग्दैन र, पछिल्लो समय युवापुस्ताको निकै निकै लोकप्रिय बनेको प्याराग्लाइडिङ दुर्घटनामा पर्ने गरेका छन् ।

गत सोमबार पोखरामा यात्रुसहित प्याराग्लाइडिङ दुर्घटना भयो । दुर्घटनामा पाइलट राजु गैरेको निधन भयो । यात्रु शीला श्रेष्ठ घाइते हुनुभयो । पोखरामा प्याराग्लाइडिङको इतिहास करिब दुई दशक लामो छ । यसबीचमा दुई दर्जनभन्दा बढी दुर्घटना भएका छन् । यात्रुसहित प्याराग्लाइडिङ दुर्घटना भएर मानवीय क्षति निम्तिएको चाहिँ यो पहिलो घटना भएको नेपाल हवाई खेलकुद संघका वरिष्ठ उपाध्यक्ष वसन्तराज दवाडीले बताउनुभयो । उपाध्यक्ष वसन्तराज दवाडीका अनुसार यसअघि सोलो उडान, प्रशिक्षण र काबुभन्दा बाहिरको अवस्था सिर्जना भएर प्लाराग्लाइडिङ दुर्घटना भएका थिए । पछिल्लो दुर्घटना भने पाइलटले अतिआत्मविश्वासका साथ ‘स्टण्ट’ गर्दा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उडानमा रहेका पाइलटले रुखको फूल टिप्न खोज्दा दुर्घटना भएको अनुसन्धानमा देखिएको छ । अनुभवी पाइलटबाट भएको यस्तो लापरवाहीले अन्त्यमा गम्भीर नतिजा निम्तिएको दवाडीले बताउनुहुन्छ । ‘विस्तृत कारण अनुसन्धानबाट पछि खुल्ला’, संघका वरिष्ठ उपाध्यक्ष दवाडीले भन्नु्भयो, ‘घटनामा पाइलटको बढी आत्मविश्वास र लापरवाही प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’ दुर्घटनामा निधन भएका ३७ वर्षीय गैरे नेपालका अनुभवी पाइलटमध्ये एक थिए ।

सरकारले प्याराग्लाइडिङबारे नियमनको अधिकार नेपाल हवाई खेलकुद संघलाई नै दिएको छ । यात्रु बोकेका पाइलटले आकासमा गर्न हुने र नहुने कामबारे बेलाबेला सचेतनामुलक अभियान चलाउँदै आएको संघका वरिष्ठ उपाध्यक्ष दवाडीले जनाकारी गराउनुभयो । उहा भन्नु् हुन्छ ‘प्याराग्लाइडिङ एकदमै सुरक्षित खेल हो, कहिलेकाहीँ काबु बाहिरको परिस्थतिमा मात्र दुर्घटना हुन्छ,’ ‘पाइलटको लापरवाहीका कारण कसैको पनि ज्यान जोखिममा पर्नु हुँदैन ।’

उहाका अनुसार, पोखरामा प्रशिक्षणका दौरान बढी प्याराग्लाइडिङ दुर्घटना भएको र टेकअफ र ल्याण्डिङका बेला सन्तुलन मिलाउन नसक्दा सामान्यदेखि गम्भीर प्रकृतिका दुर्घटना भएका छन् । त्यसबाहेक शारीरिक तथा मानसिक रुपमा तयार नभएका पाइलटले उडान लिँदा र एकै दिनको अधिक उडानबाट थकानका कारण पनि दुर्घटना निम्तन सक्छ उहा बताउनुहुन्छ ।

वरिष्ठ उपाध्यक्ष दवाडीका अनुसार दुर्घटनाका यस्ता सम्भावित कारणबारे कम्पनीहरुलाई सचेत गराउने काम संघबाट हुने गरेको छ । ‘तर, पछिल्लो समय टिकटक भिडियोका लागि स्टण्ट देखाउन आकासमा लापरवाही बढेको अनुमान पनि छ ।’

पोखरामा यात्रुसहित प्याराग्लाइडिङ दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले यो दुर्घटनाको कारण पत्ता लगाएर आगामी दिनमा दुर्घटना दोहोरिन नदिन सुझावसमेत दिने कार्यभार पाएको छ । समितिलाई एक महिनाको समयावधी दिइएको छ ।
त्यहाँ ६१ वटा कम्पनी औपचारिक रुपमा दर्ता भएर सन्चालनमा छन् । ती कम्पनीले करिब ३५० हाराहारी पाइलटले काम पाएका छन् । पोखरामा दैनिक ८ सय हाराहारी यात्रुले उडान गर्न सक्ने क्षमता छ । अहिले दैनिक औसत चार सय हाराहारी यात्रुले सेवा लिइरहेको संघको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com