ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारत द्वीपक्षीय परराष्ट्र सचिव स्तरीय वार्ता सम्पन्न , यस्तो भयो छलफल


एबीसी / संवाददाता
मंसिर ११, २०७७ बिहीबार  ४ : ५३ बजे

काठमाडौँ, ११ मंसिर । नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंखला विभिन्न भेटघाट र छलफलमा सहभागी हुनुहुन्छ । दुई मुलुकबीच कूटनीतिक संवादको लागि बाटो खुला गर्दै नेपाल–भारत द्वीपक्षीय परराष्ट्र सचिव स्तरीय वार्ता भएको छ ।

राजधानीको एक होटलमा भएको वार्ता सकरात्मक भएको दुवै पक्षले जानकारी दिएका छन् । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार दुई पक्षीय विदेश सचिव स्तरीय वार्ता सकरात्मक भएको बताउनु भयो ।

काठमाडौंको होटल याक एण्ड यतिमा भएको वार्ताले दुई मुलुकबीच कुटनीतिक संवादको बाटो समेत खुला गरेको छ । वार्ताको नेतृत्व नेपालको तर्फबाट परराष्ट्रसचिव भरतराज पौडेलले र भारतको तर्फबाट विदेशसचिव हर्षवर्धन श्रृंगलाले गर्नुभएको हो । वार्ताबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी गराइसकेको छैन । तर भारतले भने दुईपक्षीय वार्ता निकै उपलब्धीमुलक भएको जनाएको छ । भारतीय राजदूतावासले चलाउने ट्वीटर ह्यान्डल ‘इन्डियाइननेपाल’ मा वार्तामा द्धीपक्षीय सहयोगको समीक्षा गरिएको जनाइएको छ । वार्तामा आपसी हितका मुद्दाहरुमा छलफल गरेको पनि जनाएको छ ।

दुई पक्षीय विदेश सचिव स्तरीय वार्ता सकिएपछि भारतीय विदेश सचिव हर्षवर्धन श्रृंखला परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गर्न सिंहदरबार पुग्नु भएको थियो । भेटपछि उहाले कोभिड–१९ सम्वन्धि औषधि सहयोग गर्नुभएको छ ।

उहाले त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यसैबीच, भारतले नेपाल–भारत विदेश सचिवस्तरीय वार्तालाई उपलब्धिमूलक भेटघाट भएको बताएको छ । दुई पक्षीय विदेश सचिव स्तरीय वार्तापछि भारतीय राजदूतावासको ट्वीटर ह्यान्डल ‘इन्डियाइननेपाल’ बाट प्रतिक्रिया दिदै भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला र नेपालका परराष्ट्र सचिव भरतराज पौडेलले द्धीपक्षीय सहयोगको समीक्षा गरेको जनाएको छ । साथै, उनीहरु बीचमा आपसी हितका मुद्दाहरुमा छलफल गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

सम्बन्धित

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

हामी किन गलत राजनीतिज्ञ छान्छौँ ?

चितवनमा कुन दल कति बलियो ? संगठित सदस्य र समानुपातिक मतको हिसाब यस्तो छ

नेपालको राजनीतिमा मिडिया र युट्युबरहरूको घोल: यथास्थितिवादको खेल

झापा –५ः ओली र बालेन्द्रले बनाउन खोजेका भाष्यहरु कस्ता छन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com