ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

नेपाल–भारत सम्बन्ध विदेश सचिवको भ्रमणले हार्दिकतातर्फ फर्कने अपेक्षा


एबीसी / संवाददाता

काठमाडौँ, ९ मङ्सिर । सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भूभागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्ध बिहीबारदेखि हुने भारतका विदेश सचिवको भ्रमणबाट पुनः हार्दिकतातर्फ फर्कने अपेक्षा दुवै देशका नागरिकले गरेका छन् ।

सामारिक महत्वको नेपाली भूमि कालापानी क्षेत्रलाई छ दशकदेखि आफ्नो स्वामित्व दावी गर्दै आएको भारतले गत वर्ष नेपालको भूभागलाई समेटेर एकतर्फी रुपमा नयाँ नक्शा जारी गर्नाका साथै नेपालको भूमि लिपुलेक भएर तिब्बतको कैलाश मानसरोवर पुग्ने बाटो निर्माणपछि उद्घाटन नै गरेपछि नेपालले पनि आफ्नो राजनीतिक एवं प्रशासनिक नक्शा अद्यावधिक गरेको वास्तविकताप्रति दुवै देशका जनता अनभिज्ञ छैनन् ।

आकार र आर्थिक सामथ्र्यका आधारमा विश्वमानचित्रमा सानो भए पनि ओजपूर्ण अस्तित्वलाई अक्षुण्ण राख्दै सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्रका रुपमा स्थापित नेपालले भारतसँगका सबै समस्या वार्ता, संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने मान्यतालाई अङ्गीकार गर्र्दै तदनुरुप नै हुनुपर्ने अभिमत सार्वजनिकरुपमा प्रकट गर्दै आएको छ ।

कोभिड–१९ तथा अन्य कारणले करीब एक वर्ष टुटेको नेपाल र भारतबीचको औपचारिक कूटनीतिक संवादलाई पाका कूटनीतिक व्यक्तित्व हर्षबर्धन शृङ्गलाको दुईदिने नेपाल भ्रमणले गतिशील तुल्याउने तथा शताब्दीआँै पुरानो द्विपक्षीय सम्बन्धलाई पुरानै लयमा फर्काउने विश्वास गरिएको छ ।

शान्ति, मैत्री, भ्रातृत्व, सहकार्य र साझेदारीमा आधारित नेपाल–भारत सम्बन्धलाई थप सहयोगात्मक बनाउँदै यसलाई दुवै देशका जनताको बृहत्तर हितमा केन्द्रित गर्नुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारले जोड दिँदै आएका छन् । भारतीय पक्षले पनि पारस्परिक सहयोगलाई अझ सुदृढ तुल्याउँदै भारत–नेपाल सम्बन्ध अझ उन्नत होस् भन्ने चाहना सार्वजनिक रुपमा नै व्यक्त गरेको छ ।

बिहीबार परराष्ट्र सचिव भरतराज पौड्यालसँग एक्लाएक्लै अनि दुवै देशका सचिवबीच हुने प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनेछ । राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षा, प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदनलगायत विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका एक अधिकारी बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग हुने शिष्टाचार भेटमा विदेश सचिव शृङ्गलाले नेपालको चाहना र यहाँका सरकार प्रमुखको सन्देश भारत सरकारसमक्ष प्रवाह गर्नुहुनेछ भने भारतको सुरक्षा चासोका बारेमा पनि उहाँले भारतको धारणा प्रकट गर्नुहुनेछ । दुई देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भागलिन मन्त्री ज्ञवालीलाई आमन्त्रण गर्नु पनि सचिव शृङ्गलाको भ्रमणको अर्को उद्देश्य हो । भारतमा विदेश मन्त्रालयमा कार्यभार सम्हाल्नेबित्तिकै सचिवले छिमेकी मुलुकको परिचयात्मक भ्रमण गर्ने र ती देशको वास्तविक वस्तुस्थिति बुझ्ने प्रचलनकै निरन्तरताका रुपमा पनि यो भ्रमणलाई लिन सकिन्छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सबैको साथ, सबैको विकास’ नीति र प्रधानमन्त्री ओलीले अघि सार्नुभएको ‘समृद्ध नेपाल, सुुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न भारतलगायत बाह्य विश्वको नैतिक एवं भौतिक सहयोग नेपालका निम्ति अपरिहार्य छ । कोरोनाको महामारीका कारण शिथिल भएको अर्थतन्त्र उकास्न र सहज ढङ्गले स्वास्थ्य सेवा प्रवाहका निम्ति आवश्यक उपकरण एवं सामग्री जुटाउन पनि भारतका विदेश सचिवको भ्रमण सहयोगी हुने मान्न सकिन्छ ।

गोरखा भूकम्पका बेला तत्काल राहत तथा उद्धारमा भारतले निर्वाह गरेको भूमिका, पुनःनिर्माणका परियोजनामा देखाएको तदारुकता, आवास परियोजनाको शीघ्र निर्माण र कार्यान्वयन, पेट्रोलियम पाइपलाइन निर्माण, नेपालको आर्थिक भूपरिदृश्यमा विशाल रुपान्तरण गर्ने ९०० सय मेगावाट क्षमताको ‘गेमचेञ्जर’अरुण तेस्रो जलविद्युत् आयोजनामा भइरहेको प्रगति तथा जनकपुर–जयनगर रेलसेवा सञ्चालनको तयारी, नेपालगञ्जमा एकीकृत जाँचचौकी निर्माणलगायत भारतको सहयोगमा सञ्चालित परियोजनाले पनि दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने जमर्को गरेको सहजै अनुमान सकिन्छ ।

भारत –नेपाल सम्बन्धमा एउटा नयाँ अध्याय आरम्भ गर्ने अभिभाराका साथ हुन लागेको शृङ्गलाको भ्रमणले भारत–नेपाल सम्बन्धको मर्म बुझेर दुई राष्ट्रबीच फेरि प्रगाढ आत्मीयताको ज्योति छर्ने आशा दुवै देशमा जनताले गरेको इपिजीका भारततर्फका सदस्य प्रा महेन्द्र पी लामाको सार्वजनिक अभिव्यक्ति सत्य सावित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कित्ता क्लियर गर्दै नेकपा नेता : दुवै पक्षले बोलाए संसदीय दलको बैठक

काठमाडौं, २१ फागुन । नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार दिउँसो १ बजेका लागि सिंहदरबारमा दलको बैठक बोलाएको छ । संसद पुनर्स्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार मुस्कान खातुनलाई

काठमाडौं, १८ फागुन । अमेरिकाले यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई दिने भएको छ ।नेपालमा रहेको अमेरिकी राजदूतावासले विज्ञप्ति

प्रहरीको स्कर्टिङमा नवलपरासीबाट काठमाडौं आउँदै विप्लव (फोटोफिचर)

नवलपरासी, २१ फागुन । आज काठमाडौंमा सार्वजनिक हुनका लागि आउने क्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लव पूर्वी नवलपरासीबाट बिदा हुनुभएको छ । चन्दलाई

सम्बन्धित

कित्ता क्लियर गर्दै नेकपा नेता : दुवै पक्षले बोलाए संसदीय दलको बैठक

प्रहरीको स्कर्टिङमा नवलपरासीबाट काठमाडौं आउँदै विप्लव (फोटोफिचर)

सुखानीको सपनाबाट अन्यत्र नमोडिन योद्धाहरुको खबरदारी

आज प्रधानमन्त्री ओली र विप्लवले संयुक्त सम्बोधन गर्दै

सरकार अविचलित निष्ठाका साथ अघि बढ्छ : प्रधानमन्त्री ओली

मन्त्रिपरिषद्को निर्णय : ३ बुँदे सहमति अनुमोदन, विप्लवमाथिको प्रतिबन्ध फुकुवा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com