ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर पछिल्लो २४ घण्टामा ७ हजार ८२४ जनाको मृत्यु : मृतकको संख्या १४ लाख नाघ्यो


एबीसी / संवाददाता
मंसिर ९, २०७७ मंगलबार  ७ : २० बजे

काठमाडौँ, ९ मंसिर । विश्वभर १४ लाखभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८२४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १४ लाख १ हजार ४१८ पुगेको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार ८३३ जनाको मृत्यु भएको छ ।युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५५ हजारभन्दा बढीको मृत्यु भएको छ ।बेलायतमा पछिल्लो २४ घण्टामा २०६ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५५ हजार २३० पुगेको छ ।

जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको संख्या बढ्दै गएको छ ।युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ५० हजार ४५३ जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्समा पनि ४९ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ । संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्। संक्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख ९३ हजार १७८ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १ हजार २९८ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकहरूमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा १ लाख ५६ हजार ९१४ जनाको मृत्यु भएको छ । संक्रमणले मृत्यु हुनेको यो संख्या विश्वभरमै पनि सबैभन्दा धेरै हो । यस्तै मेक्सिकोमा १ लाख १ हजार ६७६ जनाको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने देशको सूचीमा मेक्सिको विश्वमै दोस्रो स्थानमा छ ।

यस्तै एसियाली मुलुकमा २ लाख ७९ हजार ८३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६४४ जनाको मृत्यु भएको छ ।एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ३४ हजार २५१ जनाको मृत्यु भएको छ । मृतक र संक्रमणका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै दोस्रो स्थानमा छ । यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ३ लाख १७ हजार ९६० संक्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी महादेशमा सबैभन्दा धेरै ब्राजिलमा १ लाख ६९ हजार ५४१ जनाको मृत्यु भएको छ ।अफ्रिकी महादेशमा पनि संक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा अफ्रिकी महादेशमा २६७ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा दक्षिण अफ्रिका संक्रमणको सबैभन्दा धेरै चपेटामा परेको छ । त्यहाँ यो समाचार तयार पार्दा २० हजार ९६८ संक्रमितको मृत्यु भएको छ ।

यस्तै ओसिनियामा १ हजार ९ जना संक्रमितको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका सक्रिय संक्रमितको संख्या १ करोड ६९ लाख पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ८४ हजार ४०९ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६० लाख ४८ हजार ३५१ पुगेको छ । यसमध्ये १ लाख ३ हजार ५८१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । कुल संक्रमितको संख्या ५ करोड ९४ लाख ८७ हजार ८२ पुगेको छ । त्यसमध्ये ४ करोड ११ लाख ३७ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हामी किन गलत राजनीतिज्ञ छान्छौँ ?

आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना

सम्बन्धित

हामी किन गलत राजनीतिज्ञ छान्छौँ ?

चितवनमा कुन दल कति बलियो ? संगठित सदस्य र समानुपातिक मतको हिसाब यस्तो छ

अमेरिकालाई यूएईको जवाफः इरानविरुद्ध हाम्रो भूमि प्रयोग गर्न दिन्नौँ

नेपालको राजनीतिमा मिडिया र युट्युबरहरूको घोल: यथास्थितिवादको खेल

झापा –५ः ओली र बालेन्द्रले बनाउन खोजेका भाष्यहरु कस्ता छन् ?

विश्वासको मूल्य: ट्रम्पको लेनदेनमुखी नेतृत्वको अन्तर्राष्ट्रिय लागत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com