ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता


एबीसी / संवाददाता

काठमाडौं, ८ मंसिर । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।

राजदूत यान्छीले खुमलटारस्थित प्रचण्डको निवास पुगी आज सोमबार बिहान भेट गर्नुभएको हो । चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेको बेला राजदूतले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट गर्नुभएको हो । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे मंसिर १४ मा नेपाल भ्रमणमा आउने तय भएको छ।

चीनका राष्ट्रपति सी चिनफिङले गतवर्ष अक्टोबर १२–१३ मा भ्रमण गरेयता स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङहे नेपाल आउने पहिलो उच्च चिनियाँ अधिकारी हुनुहुन्छ ।

केहि समययता दक्षिणी छिमेकी भारतको प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने क्रम बढिरहेका बेला उत्तरी छिमेकी चीनबाट हुन लागेको उच्च राजनीतिक भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ। भेटका क्रममा राजदूत यान्छीले चीनका राष्ट्रपति सि जिनपिनले लेखेको पछिल्लो पुस्तक उपहार समेत दिनु भएको थियो ।

चीन र भारतबीच सीमा विवाद चर्किरहेका बेला अमेरिका र भारतले पछिल्लो समय यस क्षेत्रमा बढाउँदै लगेको गठबन्धनबीच चीनबाट नेपालमा हुन लागेको उच्चस्तरीय राजनीतिक भ्रमणलाई निकै अर्थपूर्ण रुपमा हेरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज ठान्ने – अध्यक्ष प्रचण्ड

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउनुभएको छ । शनिबार

नेपालसहित ३ मुलुक विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस

काठमाडौं, १५ फागुन । संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् । नेपाल, लाओस र बङ्गलादेश अतिकम विकसित

विश्वभर ८ करोड ९५ लाखभन्दा धेरैले जिते कोरोना

काठमाडौं, १५  फागुन । विश्वभर ८ करोड ९५ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजारभन्दा धेरै संक्रमणमुक्त

सम्बन्धित

प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज ठान्ने – अध्यक्ष प्रचण्ड

धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल

नेपालसहित ३ मुलुक विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस

विश्वभर ८ करोड ९५ लाखभन्दा धेरैले जिते कोरोना

साउदीका युवराजको आदेशमा पत्रकार जमालको हत्या :अमेरिकी गुप्तचर

घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै : यस्तो छ पूजाविधी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com