ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपा अब सडक र सदन संघर्षमा उत्रने केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको चेतावनी


एबीसी न्यूज
कार्तिक २४, २०७७ सोमबार  ९ : १६ बजे

रुपेन्द्र पटेल
कात्तिक २४ गते, रौतहट । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले अधिकारबाट बञ्चित गराइएका समुदायको अधिकारको लागि आफना पार्टी सडकदेखी र सदनसम्म आन्दोलन गर्ने बताउनुभएको छ ।

सरकारले उत्पीडनमा पारेका र अधिकार दिनबाट बञ्चित गरेर राखेका समुदायको सम्मान अधिकार नदिएसम्म आफुहरुको आन्दोलन जारी नै रहने उहाँले चेतावनीदिनुभएको छ ।

मधेशी, थारु, आदिवाजी, जनजाती लगाएत समुदायको अधिकार प्राप्तीका लागि जनता समाजवादी पार्टी सडकदेखी सदनसम्म संघर्ष गर्ने जसपा अध्यक्ष यादवले बताउनुभयो ।

रौतहटको देवाही गोनाही नगरपालिकाको गोनाही बजारमा आज आयोजित वृहत पार्टी प्रवेस तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले जनता समाजवादी पार्टी अझै संघर्षकै क्रममा रहेको र सडकदेखी सदनसम्म आन्दोलन गरेर भएपनि मधेशी, थारु, आदिवासी, जनजाती लगाएत समुदायको अधिकार प्राप्त गरेरै छाडने दावी गर्नुभएको छ ।

संसारमा कतै नभएको दमन, शोसन नेपालको मधेशमा सबभन्दा बढी रहेको तथा पहाडमा समेत जनजाती र हिमालमा दलित लगाएत समुदायलाई कम्युनिष्ट सरकारले सोशन दमन गर्दै आएको उहाँले बताउनुभयो ।

हिमाल, पहाड, तराई र मधेशका सोशित र उत्पीडित समुदायको हक अधिकार एक मात्र पार्टी जनता समाजवादी पार्टी नेपालले मात्रै दिलाउन सक्ने अध्यक्ष यादवले बताउनुभयो ।

शोसक, शोसित, उत्पीडक, उत्पीपिड, शासक र शासीतलाई यो देशबाट समाप्त गरी दशमा बसोबास गर्ने सबै जातजाती र समुदायलाई सम्मान अधिकार दिलाउनु नै जनता समाजवादी पार्टीको मुख्य उदेश्य रहेको समेत उहाँले बताउनुभयो । जनसंख्याको आधारमा सत्ता, शक्ति, स्रोत र साधनमा मधेशी समुदायको आधि हिस्सा दिनुपर्ने उहाँले बताउनुभयो ।

जसपा अध्यक्ष यादवले जनसंख्याको आधारमा मधेशी समुदायलाई सरकारले आधि हिस्सा नदिएको र आधि हिस्सा नदिएसम्म आफना पार्टीको सरकारविरुद्धको लडाई जारी नै रहने चेतावनी दिनुभयो ।

एक अर्को प्रसंगमा अध्यक्ष यादवले ओली नेतृत्वको कम्युनिष्ट सरकार देशबाट लोकतन्त्र र गणतन्त्रलाई समाप्त गर्ने खेलमा लागेको आरोप समेत लगाउनु भएको छ ।  नेपाल संघिय लोकतान्त्रिक गणतन्त्र मुलुक हुने छ भन्ने कुरा नेपालको संविधानमा प्रष्ट लेखेको भएपनि ओली सरकार यसको विरुद्ध रहेको उहाँले बताउनुभयो ।

नेकपा र कांग्रेसले आफैले बनाएको संविधानको उल्लंघन गरेको बताउँदै यादवले आफैले बनाएको संविधान नमान्ने र उल्लंघन गर्ने नेकपाको नैतिकताको आधारमा सत्तामा बसिरहने कुनै अधिकार नभएको बताउनुभयो ।

मधेश आन्दोलनकै बदौलत मधेशी, थारु, जनजाती, आदीवासी लगाएत समुदायको केहि प्राप्त भएको अधिकारलाई समेत कम्युनिष्ट सरकारले खोस्न लागेको उहाँले बताउनुभयो । मधेशी लगाएत समुदायले मधेश विद्रोहबाट प्राप्त गरेको अधिकारलाई जेगाउन र प्राप्त गर्न बाँकी रहेको अधिकार प्राप्त गर्न जसपा संघर्षरत रहेको उहाँले बताउनुभयो । जनता समाजवादी पार्टी नेताल रौतहटले आयोजना गरेको पार्टी प्रवेस कार्यक्रममा नेकपा र कांग्रेसबाट ठुलो संख्यामा विभिन्न नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेस गरेका छन ।

नेकपा र कांग्रेस परित्याग गरी २३ सय भन्दा बढी व्यक्ति जसपामा प्रवेस गरेको छ । नवप्रवेसीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले टिका र माला लगाएर पार्टीमा स्वागत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

सम्बन्धित

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

आज विश्व हिमनदी दिवस

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com