ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपा अब सडक र सदन संघर्षमा उत्रने केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको चेतावनी


एबीसी न्यूज

रुपेन्द्र पटेल
कात्तिक २४ गते, रौतहट । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले अधिकारबाट बञ्चित गराइएका समुदायको अधिकारको लागि आफना पार्टी सडकदेखी र सदनसम्म आन्दोलन गर्ने बताउनुभएको छ ।

सरकारले उत्पीडनमा पारेका र अधिकार दिनबाट बञ्चित गरेर राखेका समुदायको सम्मान अधिकार नदिएसम्म आफुहरुको आन्दोलन जारी नै रहने उहाँले चेतावनीदिनुभएको छ ।

मधेशी, थारु, आदिवाजी, जनजाती लगाएत समुदायको अधिकार प्राप्तीका लागि जनता समाजवादी पार्टी सडकदेखी सदनसम्म संघर्ष गर्ने जसपा अध्यक्ष यादवले बताउनुभयो ।

रौतहटको देवाही गोनाही नगरपालिकाको गोनाही बजारमा आज आयोजित वृहत पार्टी प्रवेस तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले जनता समाजवादी पार्टी अझै संघर्षकै क्रममा रहेको र सडकदेखी सदनसम्म आन्दोलन गरेर भएपनि मधेशी, थारु, आदिवासी, जनजाती लगाएत समुदायको अधिकार प्राप्त गरेरै छाडने दावी गर्नुभएको छ ।

संसारमा कतै नभएको दमन, शोसन नेपालको मधेशमा सबभन्दा बढी रहेको तथा पहाडमा समेत जनजाती र हिमालमा दलित लगाएत समुदायलाई कम्युनिष्ट सरकारले सोशन दमन गर्दै आएको उहाँले बताउनुभयो ।

हिमाल, पहाड, तराई र मधेशका सोशित र उत्पीडित समुदायको हक अधिकार एक मात्र पार्टी जनता समाजवादी पार्टी नेपालले मात्रै दिलाउन सक्ने अध्यक्ष यादवले बताउनुभयो ।

शोसक, शोसित, उत्पीडक, उत्पीपिड, शासक र शासीतलाई यो देशबाट समाप्त गरी दशमा बसोबास गर्ने सबै जातजाती र समुदायलाई सम्मान अधिकार दिलाउनु नै जनता समाजवादी पार्टीको मुख्य उदेश्य रहेको समेत उहाँले बताउनुभयो । जनसंख्याको आधारमा सत्ता, शक्ति, स्रोत र साधनमा मधेशी समुदायको आधि हिस्सा दिनुपर्ने उहाँले बताउनुभयो ।

जसपा अध्यक्ष यादवले जनसंख्याको आधारमा मधेशी समुदायलाई सरकारले आधि हिस्सा नदिएको र आधि हिस्सा नदिएसम्म आफना पार्टीको सरकारविरुद्धको लडाई जारी नै रहने चेतावनी दिनुभयो ।

एक अर्को प्रसंगमा अध्यक्ष यादवले ओली नेतृत्वको कम्युनिष्ट सरकार देशबाट लोकतन्त्र र गणतन्त्रलाई समाप्त गर्ने खेलमा लागेको आरोप समेत लगाउनु भएको छ ।  नेपाल संघिय लोकतान्त्रिक गणतन्त्र मुलुक हुने छ भन्ने कुरा नेपालको संविधानमा प्रष्ट लेखेको भएपनि ओली सरकार यसको विरुद्ध रहेको उहाँले बताउनुभयो ।

नेकपा र कांग्रेसले आफैले बनाएको संविधानको उल्लंघन गरेको बताउँदै यादवले आफैले बनाएको संविधान नमान्ने र उल्लंघन गर्ने नेकपाको नैतिकताको आधारमा सत्तामा बसिरहने कुनै अधिकार नभएको बताउनुभयो ।

मधेश आन्दोलनकै बदौलत मधेशी, थारु, जनजाती, आदीवासी लगाएत समुदायको केहि प्राप्त भएको अधिकारलाई समेत कम्युनिष्ट सरकारले खोस्न लागेको उहाँले बताउनुभयो । मधेशी लगाएत समुदायले मधेश विद्रोहबाट प्राप्त गरेको अधिकारलाई जेगाउन र प्राप्त गर्न बाँकी रहेको अधिकार प्राप्त गर्न जसपा संघर्षरत रहेको उहाँले बताउनुभयो । जनता समाजवादी पार्टी नेताल रौतहटले आयोजना गरेको पार्टी प्रवेस कार्यक्रममा नेकपा र कांग्रेसबाट ठुलो संख्यामा विभिन्न नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेस गरेका छन ।

नेकपा र कांग्रेस परित्याग गरी २३ सय भन्दा बढी व्यक्ति जसपामा प्रवेस गरेको छ । नवप्रवेसीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले टिका र माला लगाएर पार्टीमा स्वागत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com