ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापान सरकारबाट पूर्वपरराष्ट्रमन्त्री पाण्डेलाई सम्मान


एबीसी न्यूज

काठमाडौं, २१ कात्तिक । जापान सरकारले पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई ‘ग्रान्ड कडन अफ दि अर्डर अफ दि राइजिङ सन्’ विभूषणले सम्मान गर्ने भएको छ । कूटनीति र राजनीति , क्रान्ति र प्रतिक्रान्तिका लेखक पाण्डेलाई ‘अटम इम्पेरियल डेकोरेसन’ अन्तर्गत विभूषण प्रदान गर्ने भएको हो । नेपाल र जापान सम्बन्ध सुदृढ बनाउन उल्लेखनीय भूमिका खेलेको भन्दै पाण्डेलाई सम्मान गर्न लागिएको काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ ।

कूटनीति, अनुसन्धान, शिक्षा, समाजसेवा, खेलकुद, संस्कृतिलगायतका क्षेत्रबाट द्विपक्षीय सम्बन्ध सुदृढमा योगदान पुर्‍याउने व्यक्तिलाई जापानले सम्मानित गर्दै आएको छ । यो वर्ष जापान सरकारले मुलुकका ६० जना फरक क्षेत्रका व्यक्तिलाई विभूषित गर्ने घोषणा गरेकोमा दक्षिण एसियाबाट भने उक्त विभूषण पाउने पूर्वपराष्ट्रमन्त्री पाण्डे एक्ला हुनुहुन्छ । पूर्व मन्त्री (परराष्ट्र, पर्यटन, सूचना तथा सञ्‍चारलगायत) पाण्डेलाई जापानी विदेशमन्त्री तोसिमित्सु मोतेजीले पत्र पठाएर उक्त सम्मान दिन लागेको जानकारी दिनु भएको हो ।

‘द्विपक्षीय सम्बन्ध मजबुत बनाउन यहाँले खेल्नु भएको भूमिकालाई उच्च मूल्यांकन गर्दै जापान सरकारले उक्त विभूषण प्रदान गरिएको’ जानकारी जापानी मन्त्रीले दिएको पाण्डेले बताउनुभयो । पाण्डे पर्यटन मन्त्री रहेका बेला सन् १९८६ मा सगरमाथा आरोहण गरेका जापान–नेपाल–चीनसहित त्रिदेशीय टोलीलाई उहाले सहयोगका साथै हौसला प्रदान गरेको दुतावासले जनाएको छ । उहाले जापान र चीन सम्वन्ध बिस्तारमा पनि भूमिका खेलेको आशय उक्त सन्देशमा देखिन्छ । नेपालको भ्रमण गर्ने पहिलो जापानी नागरिक रहेका एकाई कावागुचीको तस्विर टिकटमा टाँस्‍न सन् २००२ मा पाण्डे सञ्‍चार मन्त्री हुँदा सुरु भएको थियो ।

जापान सरकारले वसन्त र शरद ऋतु पारी वर्षको दुई पटक जापानसँगको सम्बन्ध सुधारमा उल्लेख्य भूमिका खेलेका विदेशी नागरिकलाई ‘अर्डर अफ दि राइजिङ सन’ अवार्ड दिने गरेको छ । जापान सरकारले अप्रिल २९ मा ‘स्प्रिङ इम्पेरियल डेकोरेसन’ र नोभेम्बर ३ मा ‘अटम इम्पेरियल डेकोरेसन’ विभूषणको घोषणा गर्छ । यो अवार्ड सन् १८७५ मा तत्कालीन जापानी सम्राट मेइजीले स्थापना गरेका थिए । यही विभूषणमध्ये मेरिटका आधारमा ‘अर्डर अफ दि राइजिङ सन’ दिइने गर्छ । यसअघि यस वर्षको वसन्त ऋतुमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘स्प्रिङ इम्पेरियल डेकोरेसन’ अन्तर्गत ‘अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट सम्मानित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com