ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको भन्दै भाइरल भएको फोटो कस्को ? भिडियो सहित


एबीसी न्यूज
कार्तिक २०, २०७७ बिहीबार  ८ : ३३ बजे

वीरगञ्ज, २० कात्तिक  । सामाजिक सञ्जालमा राखिएका तस्बिर भिडियो जस्ता कुरामा सत्य नबुझी धेरैले कमेन्ट र शेयर गर्छन् । यसो गर्दा कानुनी रुपमा अपराध ठहरिन्छ वा अरुको मानमर्दन हुन्छ भन्ने हेक्का धेरैलाई हुँदैन भन्ने कुराको एउटा उदाहरण तत्कालीन राजा वीरेन्द्रसँग एक व्यक्तिले टीका थाप्दै गरेको तस्बिर थियो ।

सामाजिक सञ्जालमा सो तस्बिर राखेर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि टिकाटिप्पणी भए । तर टीका थाप्ने व्यक्ति पर्साको वीरगञ्ज उपमाहानगरपालिका अलौका जनकलाल साह हुनुहुन्छ । उहाँ आफैलाई सो फोटो कस्ले सामाजिक सञ्जालमा राख्यो भन्ने थाहा छैन ।

बुधबार मात्र उक्त तस्वीर भाईरल भएको एकजना साथीले बताए पछि उहाँले थाहा पाउनुभयो । करिब दुई वर्ष पहिले पनि कसैले उक्त फोटो मागेको तर आफूले कसैलाई नदिएको तर कहाँबाट फोटो बाहिरियो आफूलाई थाहा नभएको साहले बताउनुभयो ।

आफूले फोटोहरु जम्मा गरेर राखेको हुनाले उक्त फोटो पनि घरमा हुनुपर्ने, छ छैन खोजेर बताउने साहले बताउनुभयो । फोटो भाईरल भनेको त राम्रै कुरा हो तर त्यहाँ एउटा मिस्टेक हुन गएको छ कि मेरो फोटो हो तर प्रधानमन्त्री ओलीको भनिएकाले त्यो अन्तैतीर गए जस्तै लाग्यो ,साहले भन्नुभयो । साह नेपाल राष्ट्रवाद संघ केन्द्रिय कार्यालय वीरगञ्जका अध्यक्ष हुनुहुन्छ भने आफूलाई राजसंस्थाप्रति सर्मपित व्यक्ति ठान्नुहुन्छ ।
को हुन् त जनकलाल साह ?

तत्कालिन अलौ गाँऊपञ्चायत वडा नम्बर ६ बजारटोलमा २०२४ साल चैत १ गते जन्मिएका जनकलाल साह जन्मिनु भएको थियो । २०४६ सालमा भारतको पटनामा रहेको पिएमसीएच मेडिकल कलेज अन्तर्गतको सब्जीबागमा रहेको साईन्स कलेजमा ईलेक्ट्रोनिक्स ईन्जिनियरिंग अध्ययन गर्दै गर्दा नेपालमा प्रजातन्त्र बहाली भएको खबर पाएपछि नेपाल फर्किएको बताउने साहले २०५१ सालको दशैको टिकाको दिन साँझ ७ बजेर ३५ मिनट जाँदा राजा वीरेन्द्रको हातबाट टिका थापेको बताउनुभयो ।

त्यस दिन आफूले राज वीरेन्द्रसंग एक्लै केही कुरा गर्न चाहेको र त्यसका लागि समय दिन बिन्ती गरेपछि पर्सिपल्ट ११ बजे भेटने अवसर पाएको दाबी गर्नुहुन्छ । राजा वीरेन्द्रसंग भेटघाटको क्रममा आफू राजसंस्थाको भक्त रहेको र प्रजातन्त्रको आगमनले मर्माहत भएको बताएपछि राजाबाट केही वर्ष अझ हेर्न आग्रह भएको र प्रजातन्त्रलाई चल्न दिन निर्देशन गरिएको साह बताउनु हुन्छ ।

२०५२ साल देखि ५७ सालसम्म भिआईपी पासबाट दशै र राजाको जन्मदिनका दिन टीका ग्रहण गर्ने गरेको बताउनु भयो । ५८ सालमा राजपरिवारको हत्या भएपछि टीकाको कार्यक्रम नै नभएको र यस वर्ष कोभिडको कारण टिका ग्रहण गर्न नगएको बताउनुभयो ।

गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

सम्बन्धित

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

आज विश्व हिमनदी दिवस

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com