ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहटका एसपी शाहलाई कोरोना संक्रमण


एबीसी न्यूज

रौतहट, १८ कार्तिक । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिद्धिबिक्रम साहलाई कोरोना संक्रमण भएको छ । कोभिड १९ संग मिल्दोजुल्दो लक्षण देखिएपछि पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठका अनुसार प्रहरी उपरिक्षक साहलाई रुघाखोकीसँगै ज्वरो देखिएको थियो । शुरुमा रुघाखोकी र त्यसपछि ज्वरो देखिएको तर हाल भने ज्वरो ठिक भएको उहाँले बताउनुभयो ।

पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएसंगै साह सेल्फ आईसोलेसनमा बस्नुभएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय रौतहटमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । एक सातामा १ सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा १ सय जनामा कोभिड १९ संक्रमण पुष्टि भएको जिल्ला अस्पताल गौरले जनाएको छ ।

बन्दाबन्दी खुलेपछि रौतहटमा सार्वजनिक यातायात र विद्यालय पनि खुलेका छन् । बजार, कार्यालय, व्यापार पहिलेकै अवस्थामा झैं सञ्चालनमा आएका छन् तर सुरक्षाको उपाय भने शून्य छ । जिल्लामा स्थानीयवासीहरुले मास्क लगाउने र भौतिक दुरी तथा स्वास्थ्य सचेतनामा ध्यान दिन छाडेका छन् । बजारहरुमा बढी भिडभाड हुनु र व्यक्तिगत दुरी कायम नहुनुले कोरोनाको जोखिम झनै बढेको चिकित्सकहरु बताउँछन्। पछिल्लो समय स्थानीयसँगै जिल्लाका सुरक्षा अधिकारीहरु, जनप्रतिनिधि र कार्यालयका कर्मचारीहरु संक्रमित हुने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com