ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि ज्ञान केन्द्र स्थापना भएपछि महोत्तरीका किसान उत्साहित


एबीसी न्यूज

काठमाडौं, १३ कार्तिक । आफ्नै जिल्ला सदरमुकाममा कृषि ज्ञान केन्द्र स्थापना भई सञ्चालनमा आएपछि महोत्तरीका किसान उत्साहित भएका छन् ।

बडादशैं पर्वसंगै जिल्ला सदरमुकाम जलेश्वरमा केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि खेतीपातीमा आवश्यक सहयोग चा“डै पाउने बिश्वासले यहाँका किसान उत्साहित भएको हो ।

कात्तिकको पहिलो सातामै जलेश्वरमा स्थापना भएको केन्द्रले अब जिल्लामा कृषिक्षेत्रका आवश्यकताबारे प्रत्यक्ष समन्वय गर्ने किसानले आस पालेका छन् ।

यसअघि स्थानीय तहको निर्वाचन पूर्व जिल्ला÷जिल्लामा रहेका जिल्ला कृषि बिकास कार्यालय निर्वाचनपछि हटेर सरकारले दुई जिल्ला कार्यक्षेत्र रहनेगरि कृषि ज्ञान केन्द्र सञ्चालनमा ल्याएको थियो । प्रदेश नं २ का आठ जिल्लामा चार केन्द्र सञ्चालनमा ल्याएअनुरुप महोत्तरी र सर्लाहीका लागि मलङ्गवा तोकिएको थियो । यस अवधिमा सामान्य सरसल्लाहका लागि खोज्दा पनि कृषि प्राविधिक उपलब्ध नभएको किसानको गुनासो छ ।

किसानले अब जिल्लाका बिभिन्न भेगमा रहेका कृषि सेवा केन्द्र, स्थानीय तह र किसानबीच नवस्थापित कार्यालयले समन्वय गरिदिने आस गरेका छन् । जिल्लाका १५ स्थानीय तहमा कतैपनि कृषि शाखा राम्रो सञ्चालनमा नरहेको बेला स्थापना भएको कार्यालयले अब यस दिशामा सकारात्मक पहलकदमी तत्काल लिने बिश्वास जागेको जिल्लाकै गौशाला नगरपालिकाको बटौवाबस्तीका किसान अरुण सिंह कुशवाहाले बताए ।

महोत्तरीमा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेको मानिन्छ । यहाँ तरकारी, फलपूmल, माछापालन, पशुपालन (दुध र मासु उत्पादनका लागि) र अन्नबालीका खासखास पकेटक्षेत्र यसअघि नै तोकिएका छन् । अब जिल्लामा स्थापित कृषि ज्ञान केन्द्रले खासखास क्षेत्रमा लागेका किसानलाई थप उत्प्रेरित गर्न आवश्यक रहेको लामो समयसम्म कृषिक्षेत्रमा कृषिविज्ञका हैसियतमा सरकारी सेवा दिएर हाल सेवानिवृत हुनु भएका भङ्गाहा–६ का बासिन्दा राजकिशोर यादवले बताए ।

जिल्लाका आम किसानले मुख्यतः सिचाइ प्रबन्धका वैकल्पिक उपायको अवलम्वन, उपयुक्त समयमा बीउउविजन, मल र सुलभ ऋण, माटो जाच तथा नियमित समन्वय र प्राविधिक परामर्श पाई रहनुपर्ने बताएका छन् । यता कार्यालयले आफुसँग रहेको जनशक्ति र स्रोतसाधनको भरपूर सदुपयोग गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com