ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएलमा बैंगलोरको सहज जित, कोलकाता ८ विकेटले पराजित


एबीसी न्यूज

काठमाडौं, ६ कात्तिक । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले सहज जित हासिल गरेको छ । गएराति अबुधाबीमा कोलकाता नाइटराइडर्सलाई आठ विकेटले हराउँदै बैंगलोर दोस्रो स्थानमा उक्लिएको छ ।

पहिले टस जितेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । ८५ रनको सहज लक्ष्य बैंग्लोरले दुई विकेट गुमाउँदै हासिल गर्यो ।

बैंगलोरका देवदत्त पडिक्कल र आरोन फिन्चले पहिलो विकेटका लागि ४६ रन साझेदारी गरे । देवदत्त १७ बलमा २५ रन बनाएर आउट भए । फिन्चले १६ रन जोडे । त्यसपछि बैंगलोरका कप्तान विराट कोहलीले नटआउट १८ र गुरकिरत सिंहले नटआउट २१ रन थपे । यससँगै बैंगलोरले १३।३ ओभरमा आठ विकेटको सहज जित हासिल गर्यो ।

कोलकाताका फर्ग्युसनले १७ रन खर्चेर दुई विकेट लिए ।

यो जितसँगै बैंगलोर १४ अंक सहित तालिकाको दोस्रो स्थानमा पुगेको छ । कोलकाता भने १० अंकसहित चौथो स्थानमा छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताको प्रदर्शन खराब रह्यो । शुभम गिल र राहुल त्रिपाठी १–१ रनमा आउट भए । नितिश रानाले खाता नै खोल्न सकेनन् ।

टम ब्यानटन १० र दिनेश कार्तिक ४ रनमा आउट हुँदा इयान मोर्गनले ३० रन जोडे । फर्ग्युसन १९ रनमा नटआउट रहे ।

बलिङततर्फ मोहम्मद सिराजले ३ विकेट लिए । सिराज म्यान अफ द म्याच भए । यसैगरी युजवेन्द्र चहलले २ तथा नवदीप सैनी र वाशिङ्गटन सुन्दरले एक–एक विकेट झारे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com