ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप १९ जनाको मृत्यु (कहाँ कति विस्तृत विवरणसहित)


एबीसी न्यूज
आश्विन १९, २०७७ सोमबार  ४ : ५४ बजे

काठमाडौं, १९ असोज । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १९ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा तीन महिलासहित ९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७६ वर्षिया, ८१ वर्षिया र ८३ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै काठमाडौंमै २६ वर्षिय, ६५ वर्षिय, ६७ वर्षिय, ७८ वर्षिय, ८१ वर्षिय, ९१ वर्षिय पुरुषको मृत्यु भएको छ । पर्सामा ६५ र गोरखामा ४५ वर्षिया महिलाको मृत्यु भएको छ । भने, यस्तै ललितपुरमा ३ वर्षिय बालक, ५५ वर्षिय पुरुष र ७१ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी सर्लाहीमा ४२ वर्षिय र ६९ वर्षिय पुरुष, सुनसरीमा ५५ वर्षिय पुरुष चितवनमा ६२ वर्षिय पुरुष नवलपरासीपूर्वमा ३६ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ ।

आज नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना देखिएको छ । १३ हजार ७ सय ८१ पीसीआर परीक्षण भएकोमा ९ सय ३७ महिला र १५ सय ३ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ११ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुरमा १ सय ३ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ पुगेको छ । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय ५, प्रदेश नम्बर २ मा ६ सय ४२, बागमती प्रदेशमा ८ हजार २ सय ९६ र गण्डकी प्रदेशमा ५ सय ६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ६३, कर्णाली प्रदेशमा ३ सय ६८ र सुदूरपश्चिम प्रदेशमा २ सय ११ गरी देशभरी ११ हजार ९ सय ९१ जना रहेका छन । यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ७ सय ५१, प्रदेश नम्बर २ मा ४ सय ७६, बागमती प्रदेशमा ७ हजार ५ सय ३२ र गण्डकी प्रदेशमा ५ सय ६५ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ९६, कर्णाली प्रदेशमा २ सय ७५ र सुदूरपश्चिम प्रदेशमा४ सय २१ गरी देशभरी १२ हजार ३ सय १६ जना संक्रमित होम आइसोलेसनमा रहेका छन । आइसियुमा २ सय ३३ र भेन्टिलेटरमा ४३ जना संक्रमित उपचाररत रहेका छन ।

आज ११ सय ३३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार ८ सय ५५, प्रदेश नम्बर २ मा १४ हजार ३ सय ९२, बागमती प्रदेशमा २१ हजार १ सय ८७ र गण्डकी प्रदेशमा ३ हजार ६ सय ७८ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ६ सय ४२, कर्णाली प्रदेशमा ३ हजार २ सय २२ र सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय २६ जना गरी देशभरी६५ हजार २ सय २ जना डिस्चार्ज भएका छन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

ट्रम्पको कडा चेतावनी: होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका पावर प्लान्टहरू ध्वस्त पार्नेछौं !

सम्बन्धित

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

ट्रम्पको कडा चेतावनी: होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका पावर प्लान्टहरू ध्वस्त पार्नेछौं !

इरानले झुक्न मानेन : इजरायलको दक्षिणी क्षेत्रमा बलिस्टिक मिसाइल प्रहार,४० भन्दा बढी घाइते

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com