काठमाडौं, १८ असोज । नेपालमा आज २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण भएसगै संक्रमितको संख्या चीनमा भन्दा बढी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । जुन चीनमा भन्दा १ हजार ३७३ जनाले बढी हो ।आइतबार २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित संख्यामा नेपालले चीनलाई जितेको हो ।
चीनको नेशनल हेल्थ कमिसनका अनुसार अहिलेसम्म मेनल्याण्ड चीनमा ८५ हजार ४५० संक्रमित फेला परेका छन् । शनिबार मेनल्याण्ड चीनमा १६ नयाँ संक्रमित थपिएका छन्, थपिएका सबै विदेशबाट आएका मानिसहरु हुन् । त्यस्तै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या चार हजार ६३४ छ ।
सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमित भेटिएका थिए । नेपालमा भने त्यसको करिब दुई महिनापछि २०७६ माघ ९ गते पहिलो संक्रमित भेटिएका थिए । त्यसपछि दोस्रो संक्रमण चैत १० गते देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्