काठमाडौ, १७ असोज। प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार नेपाली सेनाका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म प्रधानमन्त्रीको सुरक्षाका लागि पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने संक्रमण देखिएको छैन । तर केहीको रिपोर्ट आउन बाँकी छ । शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्