ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लकडाउन गर्ने योजना छैन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय


एबीसी न्यूज

काठमाडौं, १६ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभर २५ हजार सक्रिय सङ्क्रमित पुगे पनि लकडाउन नगर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले तत्काल लकडाउन गर्ने योजना नभएको स्पष्ट पार्नुभयो । गएको ७ गते स्वास्थ्य सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार जना सक्रिय सङ्क्रमित भए सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने भन्दै लकडाउनको सिफारिस गर्ने निर्णय गरेको थियो ।

सक्रिय सङ्क्रमित २५ हजार पुगेपछि निजी स्वास्थ्य संस्था र होटलमा राख्ने योजना सरकारको छ । सरकारले गएको चैत ११ गतेदेखि साउन ६ गतेसम्म लकडाउन तथा भदौ ४ गतेदेखि अन्तिम हप्तासम्म काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू गरेको थियो । ुदेशमा फेरि पनि लकडाउन गर्ने योजना रहेको छैनु, गौतमले भन्नुभयो, अहिलेकै अवस्थामा सङ्क्रमित बढ्न थालेपछि सरकार संरचनाले थेग्न नसक्ने भनेको हो । तैपनि हामी निजी स्वास्थ्य सङ्घ संस्थासंँगको सहकार्यमा सङ्क्रमितको उपचार गर्छौँ ।

यसैबीच, शुक्रबार नै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपाल उद्योग वाणिज्य महासङ्घ र राष्ट्रिय व्यावसायिक पहलका प्रतिनिधिसँग भेटी लकडाउन तत्काल नहुने भन्दै हल्लाको पछि नलाग्न अनुरोध गर्नुभयो ।

व्यवसायीहरुले बिस्तारै उद्योगधन्दा खुल्न लागेका अवस्थामा फेरि लकडाउनको हल्लाले त्रसित बनेको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न आफूहरु तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com