ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली पक्षले नेपाली कामदारको प्रत्येक हप्ता पीसीआर गर्न सम्भव नभएको बताएपछि यस्तो भयो सहमित


एबीसी न्यूज
आश्विन १६, २०७७ शुक्रबार  ९ : ३५ बजे

रसुवा , १६ असोज  । रसुवागढी नाकामा कार्यरत नेपाली कामदारको पीसीआर परीक्षण चिनियाँ पक्षले नै गरिदिने भएको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै चिनियाँ पक्षले नाकामा कार्यरत कामदार तथा चालकको ७/७ दिनमा पीसीआर परीक्षण गर्ने भएको हो । नाकामा अहिले चालक र कामदार गरी ४९ जना नेपाली कार्यरत छन् । सुरुमा चिनियाँ पक्षले नेपाललाई पीसीआर परीक्षण गर्न आग्रह गरेको थियो । नेपाली पक्षले प्रत्येक हप्ता पीसीआर गर्न सम्भव नभएको बताएपछि चीनले नै पीसीआर गरिदिने बताएको रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो । रसुवागढी नाकाबाट हिजोदेखि सामग्री आयात सुरु भएको छ ।

चिनियाँ पक्षले नाकाभन्दा ५ सय मिटर पर गएको पहिरो हटाएर नाका सञ्चालनमा ल्याएको हो । नाकाबाट हिजो एक गाडी रोल कपडा र नेपालले बिक्रीका लागि किनेको १४ वटा माइक्रोबस भित्रिएको थियो । कोरोनाको जोखिमका कारण नेपालमा चिनियाँ सामग्री सिधै आउँदैन । पहिले चीनको पाङसिङबाट नेपाली कन्टेनरले सामग्री ल्याउने गरेका भए पनि अहिले चिनियाँ ट्रकले मितेरी पुलमा ल्याएर झार्ने गरेका छन् ।

पर्सिदेखि भने चिनियाँ गाडीले नेपाली भू–भागमा नै सामग्री झारिदिने छन् । मितेरी पुलमा झारेको सामग्री नेपाली कन्टेनरले गएर ल्याउन पर्ने भएकाले समस्या हुँदै आएको छ । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

सम्बन्धित

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

ट्रम्पको कडा चेतावनी: होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका पावर प्लान्टहरू ध्वस्त पार्नेछौं !

इरानले झुक्न मानेन : इजरायलको दक्षिणी क्षेत्रमा बलिस्टिक मिसाइल प्रहार,४० भन्दा बढी घाइते

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com