ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना महामारीका कारण असमानताको जोखिमलाई झन बढाएको छ – राष्ट्रपति भण्डारी


एबीसी न्यूज
आश्विन १६, २०७७ शुक्रबार  ८ : ०५ बजे

काठमाडौं, १६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीका कारण असमानताको जोखिमलाई झन बढाएको बताउनुभएको छ ।
महिलासम्बन्धी चौथो विश्व सम्मेलनको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको उच्चस्तरीय बैठक आयोजनालाई सम्बोधन गदै राष्ट्रपति भण्डारीले कोरोना महामारीलाई प्रगतिको बाधक बन्न दिन नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘बेइजिङ घोषणापत्र तथा कार्ययोजनाले महिला, किशोरी तथा बालिकाहरूको समानता र सशक्तिकरणका लागि रुपान्तरणकारी खाका प्रदान गरेको छ । बेइजिङ घोषणापत्रमा अन्तरनिहित सरोकारका १२ क्षेत्रहरूमा क्रमिक रूपमा प्रगति हुँदै गएको भएपनि ती प्रतिबद्धताहरु पूर्ण रुपमा हासिल हुन अझै समय लाग्ने छ । समाजमा संरचनागत खाडल तथा चुनौतीहरु कायमै छन् ।

समयमै स्वास्थ्य स्याहार, खोपमा समान पहुँच एवं महिला, किशोरी तथा बालिकाहरुको आर्थिक तथा सामाजिक आवश्यकताहरू सम्बोधन गर्न पुर्नलाभका योजना जरूरी छन् ।’ त्यस्तै, उहाँले ‘दीगो विकास कार्यसूची २०३०’को कार्यान्वयन दशक एवं दीगो विकासको पाँचौं लक्ष्य प्राप्तिका लागि एक महत्वपूर्ण परीक्षण नै हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल मानव अधिकारसम्बन्धी प्रमुख दस्तावेजहरुको पक्ष राष्ट्र छ ।

हामीले लैङ्गकि मुद्दालाई राष्ट्रिय विकासको अभिन्न अंगको रुपमा संविधान एवं कनूनमा नै व्यवस्थित गरेका छौं । लैङ्गकि हिंसा तथा विभेद अन्त्यका लागि लक्षित कार्यक्रम तथा कानूनको कार्यान्वयनलाई सुढृढ तुल्याएका छौं ।
भौगोलिक रुपम विकटतम् क्षेत्रमा रहेका प्रसव वेदनामा छटपटाएका गर्भवती र सुत्केरी महिलको जिवन रक्षाका लागि हवाई उद्धारको व्यवस्था गरिएको छ ।’उहाँले थप्नुभयो, ‘विभेदका अवशेषहरू निर्मूल पार्न र कार्यान्वयनमा रहेका कमजोरीलाई सुधार्न हामी प्रतिबद्ध रहेका छौं । अन्त्यमा, लैङ्गिक समानता जीवन र जगतको निरन्तरताको लागि अपरिहार्य र महत्वपूर्ण अधिकार हो, भन्ने कुरामा म जोड दिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

सम्बन्धित

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

ट्रम्पको कडा चेतावनी: होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका पावर प्लान्टहरू ध्वस्त पार्नेछौं !

इरानले झुक्न मानेन : इजरायलको दक्षिणी क्षेत्रमा बलिस्टिक मिसाइल प्रहार,४० भन्दा बढी घाइते

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com