काठमाडौं, १५ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनालाई कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार १०३ पुगेको छ। काठमाडौंमा २० हजार ३९३, ललितपुरमा २ हजार ५२५ र भक्तपुरमा २ हजार १८५ संक्रमित पुगेका छन्।
प्रतिक्रिया दिनुहोस्