ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु : आत्महत्याको प्रयास गर्दा घाइते भएकामा समेत कोरोना


एबीसी न्यूज
आश्विन १५, २०७७ बिहीबार  ९ : ४६ बजे

काठमाडौं, १५ असोज । मुलुकमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त तथ्यांकअनुसार काठमाडौं र रुपन्देहीका तीन तीन जना, सुनसरीका दुई, मोरङ, सप्तरी, कपिलवस्तु र बाँकेका एक एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०० नाघेको छ ।

ढुंगेधारा, काठमाडौंकी ३४ वर्षीया महिलाको मंगलबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । असोज ४ गते कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या आएपछि १२ गते अस्पताल भर्ना भएकी थिइन् ।

काठमाडौंका ५४ वर्षीय पुरुषको बुधबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । ६ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भएपछि बुधबार नै अस्पताल भर्ना भएका थिए ।

महिपी, काठमाडौंकी ८६ वर्षीया महिलाको मंगलबार शुक्रराज ट्रपिकल अस्पतालमा मृत्यु भएको छ । भदौ २९ गते अस्पताल भर्ना भएकी उनी श्वासप्रश्वासको समस्याबाट पीडित थिइन् ।

ओमसतिया गाउँपालिका–१, रुपन्देहीका ८५ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । ७ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनलाई स्वास्थ्य समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । तर अस्पताल पुग्दा मृत्यु भइसकेका उनको मुटु, मिर्गौला र फोक्सोको समस्या थियो ।

बुटवल उपमहानगरपालिका–१०, रुपन्देहीका ७६ वर्षीय पुरुषको मंगलबार युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्यु भएको छ ।

१२ असोजमा आफैंले घाँटी रेटेर आत्महत्याको प्रयास गर्दा घाइते भएका उनको उपचारका क्रममा पीसीआर टेष्ट गर्दा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

देवदह नगरपालिका –११, रुपन्देहीका ५५ वर्षीय पुरुषको बुधबार कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ११ असोजमा अस्पताल भर्ना भएका उनको मिर्गौलामा समस्यासमेत देखिएको थियो ।

इटहरी उपमहानगरपालिका ५, सुनसरीका ७३ वर्षीय पुरुषको बुधबार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । कोरोना पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या बढेका उनलाई बुधबार नै अस्पताल भर्ना गरिएको थियो ।

हरिनगर गाउँपालिका–२,सुनसरीका ५० वर्षीय पुरुषको बुधबार नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि ९ असोजमा अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो ।

जहदा गाउँपालिका९६, मोरङका ६० वर्षीय पुरुषको बुधबार कोशी अस्पताल कोभिड९१९ उपचार केन्द्रमा मृत्यु भएको छ । असोज ४ गते अस्पताल भर्ना भएका उनलाई श्वासप्रश्वास, उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या थियो ।

राजविराज नगरपालिका–४, सप्तरीका ३९ वर्षीय पुरुषको बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । यसैगरी बीपी प्रतिष्ठानमा उनी मधुमेह, उच्च रक्तचाप र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।

बुद्धभूमि नगरपालिका९१, कपिलवस्तुकी ५० वर्षीया महिलाको बुधबार भैरहवा मेडिकल कलेजमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि ५ असोजमा अस्पताल भर्ना भएकी उनी निमोनिया र मुटुका दीर्घरोगीसमेत थिइन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१, बाँकेकी ३५ वर्षीया महिलाको बुधबार भेरी अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएर २ असोजमा अस्पताल पुगेकी उनी मधुमेह, हाइपोथाइराडिजम र उच्च उक्तचापको बिरामी थिइन् ।

बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयले मृतकको संख्या ४९८ भनेको छ । यसमा रुपन्देहीका दुई, कपिलवस्तु, सुनसरी र बाँकेका एक९एक जनाको तथ्यांक समावेश गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

सम्बन्धित

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

ट्रम्पको कडा चेतावनी: होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका पावर प्लान्टहरू ध्वस्त पार्नेछौं !

इरानले झुक्न मानेन : इजरायलको दक्षिणी क्षेत्रमा बलिस्टिक मिसाइल प्रहार,४० भन्दा बढी घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com