काठमाडौं, १३ असोज । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिनुभयो।
उहाँका अनुसार काठमाडौं उपत्यकामा मात्रै ६३४ जनालाई कोरोना पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा ७४७, भक्तपुरमा ७३ र ललितपुरमा ११४ लाई कोरोना पोजेटिभ भएको हो । २४ घण्टामा ७३१ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ भने २४ घण्टामा १० हजार ८९१ जनाको पीसीआर परीक्षण भएको छ ।
प्रतिक्रिया दिनुहोस्